ईलाका प्रहरी कार्यालय करोडबोनाकामा कार्यरत प्रहरी सहायक संजय कुमार यादव पछिल्लो करिब ६ बर्ष देखि निरन्तर रूपमा घुमुवाको काम गर्दै आएका छन् ।
भनाइमा छ कानुन भन्दा कोहि छैन माथि सुखदुःख प्रहरी नै साथी तर ठिक उल्टो हुने गरेको छ। सप्तरीमा प्रहरीका घुमुवाहरुले तस्कर,र ब्यापारीबाट मोटो रकम अशुली गर्ने गरेका तथ्य फेला परेका छन्।
घुमुवा संजय कुमार यादव र प्रहरी चौकी मौवाहा मलहनियाँमा कार्यरत प्रहरी जवान अर्जुन कुमार साहले सिमा क्षेत्रमा गएर तस्कर संग मोटो रकम अशुली गरेको खुलासा भएको प्रमाण सुरक्षित रहेका छन्।
उनीहरू ब्रदीको प्रहरी भन्दा घुमुवा प्रहरीमा काम गर्न बढी रुचाउने र मनपराउने गरेको छ। नेपाल सरकारले तोकेको तलब भन्दा मासिक रुपमा तस्करहरुबाट लाखौं रकम असुली गरेको पाईएको श्रोतको दावी छ।
दुबै जना घुमुवा संजय कुमार यादव र अर्जुन कुमार साहले अशुली गरेको मासिक लाखौं रकम माथी निकाय सम्म समेत भाग बन्डा गर्ने गरेका छन्।
तस्करहरुबाट मोटो रकम लिई नेपालबाट गाजा सुन चाँन्दी, कपडा, लागु औषध ब्राउन सुगर लगायत अन्य सम्मान भारतबाट नेपाल र नेपालबाट भारत लगन घुमुवा प्रहरीको संरक्षणमा तस्करको मोटो रकमको लिएर सम्मान तस्करी हुने गरेको छ।
ब्रदीको प्रहरी भन्दा घुमुवा प्रहरीमा काम गर्न बढी उचाउने कारण हो मासिक रूपमा लाखौं अशुली।
Discussion about this post