लहान २९ बैशाख – नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्य समिति सदस्य बिनोद मण्डल सुत्ने कोठाको झयालमा अज्ञात समुहले करेन्ट प्रवाह गरी छाडेकोले सिरहाको अधिकांश पत्रकार जगतको ध्यानाकर्षण भएको छ्।
पछिल्लो लामो समय देखि पत्रकारकारीतामा सकृय भइ समाजिक रुपान्तरणमा अहम् भुमिका निर्वाह गर्दै आएको मंण्डल एक योग्य दक्ष कर्मठ निडर पत्रकार मध्ये एक हुन्। उनले पत्रकारीता संगै सिरहा लगायत अन्य जिल्लामा पनि समाज सेवामा सकृय रहेको जनाए।
धार्मिक आस्था बोकेका मण्डल करिब २ दशक भन्दा बढी समय देखि पत्रकारीतामा होमिएका हुन्। पत्रकार मण्डलको पुर्खौली अर्थात जन्म भुमि साबिक बिष्णुपुरकट्टीमा हाल धनगढीमाई नगरपालिकामा बस्दै आएको छ। सिरहालाई पत्रकारीताको कार्य क्षेत्र सिरहा लगायतका जिल्लाहरुमा सकृय देखिएका छन्।
पत्रकारलाई ज्यान मार्ने योजना गर्ने जोसुकैलाई कानुनी कार्वाहीको माग गर्दै पत्रकार तथा विभिन्न संचार मध्यहरुको ध्यानाकर्षण भएको छ। पत्रकार मंण्डल उक्त तत्वलाई कानुनी कार्वाही तथा शान्ति सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रसासण कार्यालयमा छानबिनको लागी निवेदन दर्ता गराएका छन्।
सिरहाका सम्पुर्ण पत्रकार जगतलाई ध्यानाकर्षण हुँदै एक निडर पत्रकारलाई तर्साउने र मानसिक यातना दिने ब्यक्तीलाई अबिलब कार्वाहीको माग गरेका छन्। पत्रकार मंण्डल प्रेस मंच सिरहा जिल्ला उपाध्यक्ष समेतको जिम्मेवारीमा रहेका छन्।आइतबार विभिन्न प्रेस संगठनहरु बिज्ञप्ती निकाल्ने भएको छ।
Discussion about this post