महेश सिंह सिरहा लहान ९ असार – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका उदयपुर जिल्लाका त्रियुगा नगरपालिका वडा नम्बर ७ पाकाटोल कालीखोला बस्ने बुवा नरबहादुर थापा र आमा नरबदा थापाको छोरा रमेश बहादुर थापाले वैदेशिक रोजगारीको लागी ६ महिना अगाडी साउदीको अलसना कम्पनीमा बिदेश पुगेका थिए।
पुर्ण रूपमा सुकुम्बासी रहेको थापाले ऐलानी जग्गामा घर बनाए बस्दै आएका छन्।बिदेश पुगेको ६ महिनामा मै उनलाई किडनी फेल भएको हो।विभिन्न अस्पतालमा उपचार गराई रहेका थापाको स्वास्थय अवस्था दिन प्रतिदिन बिगरिदै गएको अवस्था रहेका छन्।
थापा अहिले स्वदेश फरकिएका छन्। स्वास्थ अवस्था बिगरीको अवस्था रहेको बताए।बिदेशीक रोजगारीको घातक रोग अन्तर्गत औषधी उपचार खर्च वाप्त सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहबरमा पीडित थापा र उनको श्रीमती मन माया थापा र छोरी ज्वाईं राजेश राउतको उपस्थितिमा ५ लाखको चेक हस्तान्तरण गरेका छन्।
बिमा अभिलेख नम्बर FE1000444134 रहेका छन्। बिरामी थापाको १ छोरा ४ छोरी र श्रीमती रहेका छन्। थापाको आमा करिब ४० बर्ष अगाडी नै मृत्यु भएको हो।बिरामी थापाको उपचार लहान स्थित रहेको ओम साई पाथीभारा पोलिकिलनीकमा भैई रहेको परिवारजनले बताए।
प्रबन्धक महतोले स्वास्थ लाभको कामना गर्दै बिरामी उपचार खर्च ५ लाख हस्तान्तरण गरेका छन्।
Discussion about this post