महेश सिंह सिरहा लहान २३ पुस – सिरहाको लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा बृहत रक्त दान कार्यक्रम सम्पन्न भएको छ्।मधेस प्रदेशमा केहि दिन देखि बढेको चिसो र सितलहरका सिरहामा बिरामीको चाप बढेको कारण रेडक्रस लहानमा ब्लडको अभाव भएको लहान रेडक्रसका प्रयोगशला प्रमुख प्रदीप कुमार यादव( मनिष यादव)ले बताए।
शनिबार बिहान् ११ बजे सुरु गरेको कार्यक्रममा करिब १७ जनाले रक्तदान गरेको थियोे।सिरहामा चिसो र सितलहरका कारण अत्याधिक बिरामीको चाप बढेको हो।सिरहा लहान लगायतका सरकारी अस्पताल र निजि अस्पतालहरुमा बिरामीको चापबढेको हो।
लहान रेडक्रसले जिल्ला भरीका सरकारी अस्पताल र निजि अस्पतालहरुमा रगत आपूर्ति गर्नु पर्ने बाध्यता रहेकोले अन्य संस्थाहरुले रक्तदान कार्यक्रम गरी सहयोग गर्न रगत अभावका कारण ज्यान जोखिममा परेका बिरामीहरुलाई बचाउन ध्यानाकर्षण गराएका हुन्।
Discussion about this post