Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

चर्चित टिकटकर मिस पबिले पाईन यति ठुलो कार्यभार

महेश सिंह by महेश सिंह
२०७९ पुष १३, बुधबार १५:२०
चर्चित टिकटकर मिस पबिले पाईन यति ठुलो कार्यभार

Loading

काठमाण्डाै – टिकटकमा चर्चित मोडल मिस पवी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजाे साेमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो ।

स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन् ।सार्वजनिक योजनाअनुसार अडियो/रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन् ।

विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्राे हुनेले ३० हजार र तेस्राे हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्ने छिन् ।

मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् । रोपेगुना फल अडियो/रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले त्यस क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत धेरैभन्दा धेरै लक्षित स्राेता–दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकोले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् ।

एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनाेट गर्न सक्ने छन् । टिकटक भिडियो न्यूनतम एक मिनेटको र अधिकतम तीन मिनेटको हुनु पर्नेछ । भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ ।

भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ । प्रतियोगितामा भाग लिने एक जनाले एउटा वा बढी टिकटक बनाउन सक्ने छन् वा समूहमा मिलेर समेत सहभागी हुन सक्ने छन् ।टिकटक भ्युज, लाइक्स, कमेन्ट, शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखी प्रतियोगी छनाेट गरिनेछ ।

पुरस्कृत प्रतियोगीले एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्ने छन् । रेडियो नाटक रोपेगुना फल एन्टेना फाउण्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज @AntennaFN वा युट्युब च्यानल AntennaFoundationNepal मा उपलब्ध छ ।

प्रतियोगी टिकटकका लागि तीनै नाटक सुनेर संवाद रोज्न सकिन्छ ।प्रतियोगीले प्रतियोगिताका लागि बनाइएका टिकटक भिडियोहरू आफ्नै टिकटक एकाउन्टबाट शेयर गर्नु पर्नेछ । त्यसरी भिडियो शेयर गर्दा #ropegunafal ह्यासट्याग र @antennafoundationnepal_लाई मेन्सन गर्नु पर्नेछ ।

टिकटक प्रतियोगिता २०७९ माघ १५ गतेसम्म कायम गरिएको छ । रोपेगुना फल युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने लोकप्रिय धारावाहिक अडियो/रेडियो नाटक हो । यो अभियानमा पपुलेशन मिडिया सेन्टर र भायामो नामक संस्थासमेत संलग्न छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष १३, बुधबार १५:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष १३, बुधबार १५:२०
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ पुष १३, बुधबार १५:२०
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ पुष १३, बुधबार १५:२०
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ पुष १३, बुधबार १५:२०
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ पुष १३, बुधबार १५:२०
Next Post
सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सिएमसी नेपालद्वारा धामीझाँक्रीसंगको अन्तरक्रिया

सप्तरीको बलान बिहुलमा फुड बैंक निर्माण हुँदै

सप्तरीको बलान बिहुलमा फुड बैंक निर्माण हुँदै

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ पुष १३, बुधबार १५:२०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ पुष १३, बुधबार १५:२०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष १३, बुधबार १५:२०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ पुष १३, बुधबार १५:२०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ पुष १३, बुधबार १५:२०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ पुष १३, बुधबार १५:२०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ पुष १३, बुधबार १५:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.