Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कहाँबाट कुन नेताले गरे मतदान ?

महेश सिंह by महेश सिंह
२०७९ मंसिर ४, आईतवार १०:१९
कहाँबाट कुन नेताले गरे मतदान ?

Loading

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलका नेताहरुले कसैले आफ्नै क्षेत्रमा त कसैले आफू उम्मेदवार नभएको क्षेत्रबाट मतदान गरेका छन् । केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गरे भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार भएकाले आफैँलाई मतदान गर्न पाएनन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरे । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नम्बर ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदान गरे । उनले आफैंले आफैंलाई मतदान गर्न पाएनन् । ओली झापा क्षेत्र नम्बर पाँचबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरे । उनले पनि आफूलाई मतदान गर्न पाएनन् ।

अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवार छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गरेका छन् । यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गरेका छन् भने एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गरेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गरेका छन् ।

त्यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गरेका छन् । उनले पनि आफूलाई मतदान गर्न पाएनन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

उनले पनि आफूलाई मतदान गर्न पाएनन् । उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गरेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ मंसिर ४, आईतवार १०:१९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ मंसिर ४, आईतवार १०:१९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ मंसिर ४, आईतवार १०:१९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ मंसिर ४, आईतवार १०:१९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ मंसिर ४, आईतवार १०:१९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ मंसिर ४, आईतवार १०:१९
Next Post
कहाँबाट कुन नेताले गर्छ मतदान 

कहाँबाट कुन नेताले गर्छ मतदान 

सिरहा २ मा जनमत पार्टीको उम्मेदवार बिनोद यादव २३५ मतले अग्र स्थानमा

सिरहा २ मा जनमत पार्टीको उम्मेदवार बिनोद यादव २३५ मतले अग्र स्थानमा

सिरहामा एमालेको पहिलो खाता खुल्यो ,एमालेका सिंह भारि मतले निर्वाचित

सिरहामा एमालेको पहिलो खाता खुल्यो ,एमालेका सिंह भारि मतले निर्वाचित

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ मंसिर ४, आईतवार १०:१९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ मंसिर ४, आईतवार १०:१९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ मंसिर ४, आईतवार १०:१९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०७९ मंसिर ४, आईतवार १०:१९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ मंसिर ४, आईतवार १०:१९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ मंसिर ४, आईतवार १०:१९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ मंसिर ४, आईतवार १०:१९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ मंसिर ४, आईतवार १०:१९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ मंसिर ४, आईतवार १०:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.