महेश सिंह सिरहा लहान १ मंसिर – मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका निर्वाचनका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर २ ख मा जनमत पार्टीका उमेदवार बिनोद कुमार चौधरीको पलरा भारी देखिएका छन्। नेता चौधरीले बिगत लामो समय देखि समाज सेवा गर्दै राजनीतिमा निखारिएका हुन्। जनमत पार्टीका बिनोद चौधरी जितको संघारमा पुगदै गएका छन्।
नेता चौधरीले विभिन्न संघ – संस्थाका प्रमुखको जिम्मेवारी समहाल्दै राजनीतिमा लागेका उनी राजनीतिका कुशल बक्ता हुन्।उनले डा.सिके राउत नेतृत्वका जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेद्बारी दिए पश्चात् जनसमुदायमा हौसला उमंग छाएको स्थानीयले बताए।
पत्रकारहरुसंग कुरा कानी नेता चौधरीले आफनो प्रतिस्पर्धामा कुनै दल नरहेको बताए। गठबन्धन हैन यो जनतालाई भ्रमित गर्ने जालमा पारेर राख्ने काम गरेको यो गठबन्धन पुर्ण रूपमा ठकबन्धन रहेको टिप्पणी गर्दै अब आउने दिनमा मधेसमा जय मधेसको नारा समाप्त भएको अवस्था छ्।
मधेसको हक अधिकारको लागी लडने पार्टी जनमत पार्टी नै रहने बिस्वस्त गर्नु भयो। जनताले कुरा बुझी सकियो अब ठकबन्धन गर्ने पार्टीको पछाडि पर्दैन।जनताले जनमत पार्टी नै मधेस र मधेसी जनताको हक अधिकारको लागी लडने र बिकास निर्माणका लागीको लागी काम गर्ने उनले इच्छा जाहेर गरेका हुन्।
आफनो जित लगभग सुनिश्चित जस्तै रहेको र जनताले जनमत पार्टी लाई माया गर्छ जनता साथमा छन्। मेरो जित हुनु भनेको जनताको जीत हो नेता चौधरीले बताए।
Discussion about this post