Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २४, मंगलवार ०५:३६
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

Loading

महेश सिंह सिरहा लहान – विकास परियोजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले गैरसरकारी संस्थाले नै आफ्नो कामको सार्वजनिक परीक्षण गर्ने अभ्यास अझ सशक्त बन्दै गएको छ। यही सन्दर्भमा दिव्य विकास स्रोत केन्द्रले जनकपुरधाममा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रमले विकास क्षेत्रभित्र नयाँ मानक स्थापित गरेको सरोकारवालाहरूले बताएका छन्।
बेलायत सरकारको आर्थिक सहयोग र People in Need को प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको “सुरक्षा र न्याय” परियोजनाअन्तर्गत भएका गतिविधिहरूको सार्वजनिक समीक्षा कार्यक्रममा सहभागीहरूले संस्थागत पारदर्शितालाई लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले गैरसरकारी संस्थाले स्वयं सामाजिक परीक्षण गर्दै सार्वजनिक रूपमा प्रतिवेदन प्रस्तुत गर्नु दुर्लभ अभ्यास भएको उल्लेख गरे। “यसले नागरिकप्रति उत्तरदायित्व बढाउने मात्र होइन, विश्वास निर्माणमा पनि टेवा पुर्‍याउँछ,” उनले भने।
Janakpurdham उपमहानगरपालिकाका प्रमुख मनोज साहले स्थानीय सरकारको भूमिकालाई सहजीकरण गर्दै परियोजनाले शिक्षा, लैङ्गिक समानता र न्याय पहुँचका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनका अनुसार विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन भएपछि लैङ्गिक हिंसासम्बन्धी उजुरीहरू औपचारिक रूपमा आउन थालेका छन्, जसले समस्या पहिचान र समाधान प्रक्रियालाई सहज बनाएको छ।
सामाजिक परीक्षणका क्रममा परियोजनाअन्तर्गत भएका गतिविधि, खर्च विवरण, उपलब्धि तथा चुनौतीहरू खुला रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले सेवा प्रदायक निकायलाई अझ जिम्मेवार बनाउने, स्थानीय तहसँग सहकार्य विस्तार गर्ने र कार्यक्रमलाई दीर्घकालीन रूपमा संस्थागत गर्ने सुझाव दिएका थिए।
कार्यक्रममा विशेषगरी किशोरकिशोरी, विद्यालय बाहिर रहेका युवाहरू तथा जोखिममा रहेका समूहहरूको सहभागिता सुनिश्चित गरिएको थियो। यसले कार्यक्रमलाई केवल प्रतिवेदन प्रस्तुतिमा सीमित नराखी प्रत्यक्ष सरोकारवालाको अनुभव र आवाजलाई समेट्ने प्रयास गरिएको देखिएको सहभागीहरूले बताएका छन्।
मधेश प्रदेशमा लैङ्गिक हिंसा तथा सामाजिक कुरीतिविरुद्ध अभियान चलाइरहेको “सुरक्षा र न्याय” परियोजनाले स्थानीय तहसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। सहभागीहरूको निष्कर्ष थियो—सामाजिक परीक्षण जस्ता अभ्यासले विकास कार्यक्रमहरूलाई केवल कागजी नभई व्यवहारिक रूपमा पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र २४, मंगलवार ०५:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र २४, मंगलवार ०५:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र २४, मंगलवार ०५:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र २४, मंगलवार ०५:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र २४, मंगलवार ०५:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र २४, मंगलवार ०५:३६
Next Post
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ चैत्र २४, मंगलवार ०५:३६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ चैत्र २४, मंगलवार ०५:३६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ चैत्र २४, मंगलवार ०५:३६
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ चैत्र २४, मंगलवार ०५:३६
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ चैत्र २४, मंगलवार ०५:३६
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ चैत्र २४, मंगलवार ०५:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.