Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिक्षा र स्वास्थ्यलाई संगै अघि बढाउँदै सिटी ग्लोबलको सामाजिक

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन १०, आईतवार १२:२७
शिक्षा र स्वास्थ्यलाई संगै अघि बढाउँदै सिटी ग्लोबलको सामाजिक

Loading

महेश सिंह, लहान – प्रजातन्त्र दिवसको अवसर पारेर सिटी ग्लोबल पब्लिक स्कुल ले परम्परागत औपचारिक कार्यक्रमभन्दा फरक ढंगले “सिकाइ र सेवाको समन्वय” प्रस्तुत गरेको छ। लहान नगरपालिका–११ स्थित विद्यालय परिसरमा आयोजित विज्ञान तथा सिर्जनात्मक कला प्रदर्शनीसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर विद्यालयले शिक्षा र सामाजिक उत्तरदायित्वलाई एकै मञ्चमा उभ्याएको हो।
कक्षा १ देखि ८ सम्म अध्ययनरत करिब ३ सय विद्यार्थीले स्थानीय स्रोत सामग्री प्रयोग गरी तयार पारेका वैज्ञानिक नमुना, वातावरण संरक्षणसम्बन्धी परियोजना, सौर्य ऊर्जा, जलचक्र, विद्युतीय सर्किटलगायतका प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए। कलातर्फ चित्रकला, हस्तकला र सांस्कृतिक झल्को दिने सिर्जनाहरूले अवलोकनकर्ताको ध्यान खिचेको थियो। विद्यार्थी स्वयंले आफ्ना परियोजनाबारे व्याख्या गर्दै प्रयोगात्मक सिकाइको उदाहरण प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन महेश प्रसाद चौधरी ले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उनले विद्यालय शिक्षा व्यवहारिक र प्रयोगमुखी हुनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र समस्या समाधान क्षमतामा टेवा पुर्‍याउने बताए। नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल विरेन्द्र कुमार चौधरीले किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको उल्लेख गर्दै समग्र व्यक्तित्व विकास नै विद्यालयको लक्ष्य भएको बताए। संस्थापक रामानन्द चौधरीले पनि विद्यार्थीको लुकेको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
उक्त अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो, जहाँ अभिभावक र स्थानीयवासीले रक्तचाप तथा मधुमेह परीक्षण गराएका थिए। शिक्षा संस्थाले समुदायसँग प्रत्यक्ष सरोकार राख्दै स्वास्थ्य जाँचजस्ता कार्यक्रम सञ्चालन गर्नुले विद्यालयको सामाजिक प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ थियो।
शिक्षिका वैशाली चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरू स्वयंले उद्घोषण गरेका थिए। विभिन्न शिक्षाविद्, अभिभावक, स्थानीय अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रमले विद्यालय परिसरलाई उत्साहपूर्ण र सिर्जनशील वातावरणमा परिणत गरेको थियो।
प्रदर्शनी र स्वास्थ्य शिविरको संयोजनले विद्यालयलाई केवल अध्ययन केन्द्र होइन, समुदायसँग जोडिएको शैक्षिक–सामाजिक संस्थाका रूपमा प्रस्तुत गरेको देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन १०, आईतवार १२:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन १०, आईतवार १२:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन १०, आईतवार १२:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन १०, आईतवार १२:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन १०, आईतवार १२:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन १०, आईतवार १२:२७
Next Post
बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

बहुदलीय प्रतिस्पर्धाबीच शंख चिन्हमार्फत परिवर्तनको आह्वान

राजमार्ग उत्तरमा खानेपानी, दक्षिणमा अधिकारको मुद्दा उठाउँदै घरदैलो

राजमार्ग उत्तरमा खानेपानी, दक्षिणमा अधिकारको मुद्दा उठाउँदै घरदैलो

बहुदलीय भिडन्तबीच अलग पहिचान बनाउने प्रयासमा नेपालका लागि नेपाली पार्टी

बहुदलीय भिडन्तबीच अलग पहिचान बनाउने प्रयासमा नेपालका लागि नेपाली पार्टी

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ फाल्गुन १०, आईतवार १२:२७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ फाल्गुन १०, आईतवार १२:२७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ फाल्गुन १०, आईतवार १२:२७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ फाल्गुन १०, आईतवार १२:२७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ फाल्गुन १०, आईतवार १२:२७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ फाल्गुन १०, आईतवार १२:२७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ फाल्गुन १०, आईतवार १२:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.