Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजमार्ग उत्तरमा खानेपानी, दक्षिणमा अधिकारको मुद्दा उठाउँदै घरदैलो

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन ११, सोमबार ०५:०२
राजमार्ग उत्तरमा खानेपानी, दक्षिणमा अधिकारको मुद्दा उठाउँदै घरदैलो

Loading

महेश सिंह, लहान – सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी बढ्दै जाँदा नागरिक उन्मुक्ति पार्टी नेपाल का उम्मेदवार रामाकान्त चौधरी ले संघीयता सुदृढीकरण र संविधान संशोधनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
घरदैलो कार्यक्रमका क्रममा चौधरीले वर्तमान संविधान सबै जातजाति र समुदायको भावना समेट्न नसकेको दाबी गर्दै समावेशी र सबैको हित सुनिश्चित गर्ने गरी संशोधन आवश्यक रहेको बताए। “संविधान जनताको साझा दस्तावेज हो, त्यसमा सबैको अपनत्व हुनुपर्छ,” उनले मतदातासँग संवाद गर्दै उल्लेख गरे।
उनले संघीय संरचनालाई व्यवहारमा प्रभावकारी बनाउन अधिकार बाँडफाँट, स्रोत–साधनको न्यायोचित वितरण र स्थानीय तहको सशक्तिकरण अपरिहार्य रहेको धारणा राखे। मधेसका समुदायले भोगिरहेका राजनीतिक तथा प्रशासनिक असन्तुलनलाई समाधान गर्न नीतिगत सुधार आवश्यक रहेको उनको तर्क थियो।
चौधरीले क्षेत्रगत समस्यालाई समेत चुनावी एजेन्डासँग जोडेका छन्। उनका अनुसार राजमार्गको उत्तरपट्टि खानेपानीको अभाव गम्भीर समस्या बनेको छ भने दक्षिणपट्टि नागरिक अधिकारसम्बन्धी सवालहरू अझै सम्बोधन हुन सकेका छैनन्। यी दुवै क्षेत्रका समस्या समाधानका लागि योजनाबद्ध पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
स्थानीयस्तरमा रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफू जनताको आवाज संसदसम्म पुर्‍याउने उम्मेदवार भएको उनले दाबी गरे।
सप्तरी–४ मा विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला चौधरीले संविधान संशोधन, अधिकार सुनिश्चितता र क्षेत्रगत विकासलाई मूल मुद्दा बनाउँदै मत मागिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदाताले परिवर्तन र संशोधनको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने विषय अहिले चासोको केन्द्रमा रहेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
Next Post
बहुदलीय भिडन्तबीच अलग पहिचान बनाउने प्रयासमा नेपालका लागि नेपाली पार्टी

बहुदलीय भिडन्तबीच अलग पहिचान बनाउने प्रयासमा नेपालका लागि नेपाली पार्टी

किसान–व्यवसायीसँग नीतिगत संवादमा उम्मेदवार सक्रिय

किसान–व्यवसायीसँग नीतिगत संवादमा उम्मेदवार सक्रिय

जनमत पार्टीका उमेदवार चौधरी लाई बढदाे जनसमर्थक स्थानीय मुद्दा उठाउँदै मतदाताको ‘मूड’ बुझ्ने प्रयास

जनमत पार्टीका उमेदवार चौधरी लाई बढदाे जनसमर्थक स्थानीय मुद्दा उठाउँदै मतदाताको ‘मूड’ बुझ्ने प्रयास

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ फाल्गुन ११, सोमबार ०५:०२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ फाल्गुन ११, सोमबार ०५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.