Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

महेश सिंह by महेश सिंह
२०८२ पुष २६, शनिबार १३:४७
सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

Loading

महेश सिंह लहान सिरहा-सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा महालक्ष्मी कपडा बैंक औपचारिक रूपमा सञ्चालनमा आएको छ। सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गिता चौधरीले पानसमा बत्ती बालेर कपडा बैंकको सामुद्घाटन गर्नुभएको हो। समाजसेवी डिकुरा पोखरेललगायत दर्जनौँ अतिथिहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको सहकारीका म्यानेजर सन्जु काफ्ले पोखरेलले जानकारी दिनुभयो।

कार्यक्रम सामाजिक सहकार्य र मानवीय सेवाको सन्देशसहित सम्पन्न भएको उहाँले बताउनुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै समाजसेवी तथा सहकारीका म्यानेजर सन्जु काफ्ले पोखरेलले “सबैले बाँच्न पाउन, सबैले लगाउन पाउन, हुनेले दिने र नहुनेले लिने” भन्ने मूल नारासहित कपडा बैंकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अभियान सफल बनाउन स्थानीय तह, समुदाय तथा सर्वसाधारण सबैको साथ–सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो। नगर प्रमुख गिता चौधरीले महालक्ष्मी सहकारीद्वारा सञ्चालन गरिएको कपडा बैंकलाई सप्तरी जिल्लामै मात्र नभई मधेस प्रदेशकै उदाहरणीय तथा सम्भवतः पहिलो किसिमको सामाजिक कार्यको रूपमा उल्लेख गर्दै उच्च प्रशंसा गर्नुभयो। उहाँले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने र कमजोर वर्गको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित वक्ताहरूले कपडा बैंकले विपन्न, असहाय तथा आवश्यकता भएका समुदायलाई प्रत्यक्ष राहत पुर्‍याउने बताउँदै यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। स्थानीय तह, सहकारी संस्था र समुदायबीचको सहकार्यले सहयोग र सहानुभूतिको संस्कारलाई अझ बलियो बनाउने उनीहरूको धारणा थियो।
हाल मधेस प्रदेशमा केही सातादेखि निरन्तर रूपमा बढ्दै गएको शीतलहर र चिसोका कारण गरिब, विपन्न तथा दलित समुदायका व्यक्तिहरूलाई दैनिक जीवनमा गम्भीर समस्या हुँदै आएको छ।

विशेष गरी उक्त वडामा दलित समुदायको बसोबास बढी रहेकाले जाडोबाट कसैको पनि ज्यान गुम्न नपरोस् भन्ने उद्देश्यसहित महालक्ष्मी सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कपडा बैंकको सुरुवात गरेको जनाएको छ। कपडा बैंकमार्फत प्रयोगयोग्य न्यानो कपडा संकलन गरी आवश्यक व्यक्तिसम्म निःशुल्क रूपमा पुर्‍याइने बताइएको छ।

आयोजकले आम नागरिकलाई घरमा प्रयोगमा नआएका तर लगाउन मिल्ने कपडा दान गरी यस मानवीय अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष २६, शनिबार १३:४७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष २६, शनिबार १३:४७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष २६, शनिबार १३:४७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष २६, शनिबार १३:४७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष २६, शनिबार १३:४७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष २६, शनिबार १३:४७
Next Post
सिरहा क्षेत्र नं.१ मा जनमत पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन,संगठन सुदृढीकरणमा जोड

सिरहा क्षेत्र नं.१ मा जनमत पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन,संगठन सुदृढीकरणमा जोड

स्व. लोकेंद्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विनयकुमार लाल कर्णलाई प्रदान

स्व. लोकेंद्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विनयकुमार लाल कर्णलाई प्रदान

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष २६, शनिबार १३:४७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष २६, शनिबार १३:४७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष २६, शनिबार १३:४७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष २६, शनिबार १३:४७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष २६, शनिबार १३:४७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष २६, शनिबार १३:४७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष २६, शनिबार १३:४७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष २६, शनिबार १३:४७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ पुष २६, शनिबार १३:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.