![]()
महेश सिंह लहान-मधेस प्रदेश प्रमुख नवराज चौधरीको प्रमुख आतिथ्यमा सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखामा ADM तथा इन्स्योरेन्स एडभाइजरबीच पौष महिनाको व्यावसायिक गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनाबारे बृहत छलफल गरिएको छ।
लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार कार्यक्रममा शाखाको लक्ष्य प्रगति, बीमा व्यवसाय विस्तार, ग्राहक सेवा सुदृढीकरण र बजार व्यवस्थापनका विषयमा गहिरो छलफल भएको थियो। पौष महिनामा हासिल उपलब्धि, देखिएका चुनौती र सुधारका उपायबारे सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीज्यूले बीमा क्षेत्रले आम नागरिकको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले व्यावसायिक अनुशासन, पारदर्शिता र सेवामुखी सोचका साथ काम गर्न आग्रह गर्दै ADM र इन्स्योरेन्स एडभाइजरबीचको समन्वयले संस्थाको प्रगति थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
छलफलबाट आगामी दिनमा व्यवसायिक कार्यसम्पादन अझ प्रभावकारी बनाउने, टिमवर्क सुदृढ गर्ने र बीमा पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको शाखा प्रबन्धक महतोले जानकारी दिनु भयो ।














Discussion about this post