![]()
महेश सिंह लहान सिराहा- विश्व हिन्दू परिषद नेपाल जिल्ला सिरहा कार्यसमितिको आयोजनामा आइतबार सिराहामा विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम मिति २०८२ साल पौष १३ गते आइतबार बिहान ११ बजे सिराहा नगरपालिका वडा नं. १ स्थित श्री श्री १०८ श्री रामजानकी मन्दिरको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार बंगलादेशमा हालै भएका घटनाप्रति ध्यानाकर्षण गराउँदै त्यहाँ हिन्दू समुदायमाथि भएको भनिएका हत्या, दमन तथा शोषणका विषयमा विरोध जनाइनेछ। साथै नेपालमा देखिएका विभिन्न सामाजिक तथा धार्मिक गतिविधिप्रति चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय सिराहामार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सीडीओलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ।
कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल जिल्ला सिरहा कार्यसमितिका सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न स्थानबाट आएका सनातन हिन्दू धर्मावलम्बीहरूको सहभागिता रहने बताइएको छ।
जिल्ला अध्यक्ष शिवदेव साहद्वारा जारी सूचनामा उक्त कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन सम्पूर्ण धर्मावलम्बी तथा नागरिकलाई आग्रह गरिएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ।














Discussion about this post