![]()
महेश सिंह लहान – सखुवानन्कारकट्टी गाउँपालिकामा लामो समयसम्म स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्वास्थ्य शाखा प्रमुख हरि नारायण चौधरीलाई एक समारोहबीच भावुक माहोलमा अवकाश बिदाई गरिएको छ। पालिका प्रशासनदेखि कर्मचारीसम्म सहभागी कार्यक्रममा चौधरीको प्रतिबद्धता, अनुशासन र निर्बाध सेवालाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो।
बिदाई कार्यक्रममा पालिका प्रमुख केदारनाथ यादवले चौधरीलाई “पालिकाका सबैभन्दा कर्मनिष्ठ, सरल र सेवामुखी कर्मचारी” भन्दै मायाको चिनो प्रदान गरे। प्रमुख प्रशासकीय more> राजीव झाले पनि चौधरीको अविरल सेवाभावले स्थानीय स्वास्थ्य व्यवस्थामा उल्लेखनीय सुधार आएको बताए।
समारोहमा सहभागी कर्मचारीहरूले चौधरीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै माला, खादा, टीका र मायाको चिनो प्रदान गरेका थिए। लामो समय सेवा दिएर अवकाशमा पुगेका चौधरीले भावुक हुँदै सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको हितमा सहयोग गर्न तयार रहने बताए।
कर्मचारीहरूले भने— “एउटा असल, समर्पित र कामले बोल्ने कर्मचारी सरकारी सेवाबाट अवकाश हुँदा हामी गर्व र दुःख दुवै अनुभूति गरिरहेका छौँ।”समारोह आत्मीयता, सम्मान र कदरले भरिएको थियो।













Discussion about this post