![]()
महेश सिंह लहान सिरहा –धनगढीमाई नगरपालिका–१२ बिष्णुपुरका बिरेन्द्र कुमार ठाकुर विदेशमा काम गर्ने लक्ष्यसहित मलेसिया गएको केही महिनामै गम्भीर स्वास्थ्य समस्या—लकवा—बाट थला परेपछि आर्थिक संकटसहित घर फर्किन बाध्य भएका छन्। घरको कमजोर आर्थिक अवस्था र विदेश जाने खर्चसमेत ऋण लिएर बेहोरेका ठाकुर अहिले उपचारका लागि कठिन परिस्थितिमा थिए।
यसैबीच मलेसियामा सक्रिय सामाजिक संस्था हेल्प मधेसी मलेसियाले ठाकुरको उपचारका लागि रु. ६५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यो सहयोग स्थानीय समाजसेवी देव नारायण महतोको विशेष पहलमा जुटाइएको हो। महतो ‘हेल्प मधेसी मलेसिया’का केन्द्रिय को-ओर्डिनेटर समेत असून लामो समयदेखि प्रवासी नेपाली–मधेसी समुदायका कठिनाइमा सहयोग गर्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्।
संस्थाले पछिल्लो वर्षहरूमा हजारौँ संकटग्रस्त नेपाली श्रमिकलाई उपचार, उद्धार र कानुनी सहयोग प्रदान गर्दै आएको छ। ठाकुरको अवस्थामा पनि संस्थाले तुरुन्तै सहयोग जुटाएको स्थानीयले बताएका छन्।
थाकुरलाई हालसम्म सोभा बराल, प्रदीप महतोलगायत बिष्णुपुरका स्थानीय युवा तथा सामाजिक व्यक्तिहरूले पनि निरन्तर सहयोग गर्दै आएका छन्। समुदायको सक्रियता र प्रवासी मधेसी समुदायबाट प्राप्त सहयोगपछि ठाकुरको उपचारमा केही राहत मिलेको परिवारले जनाएको छ।
स्थानीयवासीका अनुसार समान परिस्थितिमा विदेश गएका कयौँ युवाको जीवन चुनौतीपूर्ण बन्ने भएकाले प्रवास र गाउँ दुवैथरीबाट गरिएका यस्ता सहयोग उदाहरणीय र प्रेरणादायी मानिन्छ।














Discussion about this post