![]()
महेश सिंह लहान –राजदेवी मन्दिर संरक्षण विकास समिति, लहान–१५ ढोढनाद्वारा आयोजित १६औँ वार्षिक साधारणसभा समाजसेवी तथा लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा समितिको वार्षिक प्रगति, आर्थिक विवरण, मन्दिर क्षेत्रको संरक्षण तथा संरचनागत विकाससम्बन्धी आगामी योजना र कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। समितिले धार्मिक, सांस्कृतिक तथा सामुदायिक विकासमा निरन्तर सक्रिय रूपमा काम गर्दै आएको जानकारी प्रकट गर्दै उपस्थित सरोकारवालाहरूलाई प्रतिवेदनबारे अवगत गराइएको थियो।
प्रमुख अतिथि नगरप्रमुख महेश प्रसाद चौधरीले मन्दिर क्षेत्रको संरक्षण एवं विकास समुदायकै सहभागिता र सहयोगबाट सम्भव हुने बताउँदै समिति सदस्यहरूको सक्रियता र समर्पणको प्रशंसा गरे। उनले स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय निरन्तर जारी रहने आश्वासन पनि दिए।
कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन, बुद्धिजीवी, समुदायका अगुवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समितिले वार्षिक साधारणसभामा सहभागी सबैप्रति आभार प्रकट गर्दै धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणमा अझ मजबूत प्रतिबद्धता व्यक्त गरेको छ।














Discussion about this post