![]()
महेश सिंह लहान – राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सी·सी–२० सिनियर डिभिजन, श्री नन्द बक्स गणका उपसेनानी रुबिना कार्की, NCC Alumni Association Nepal Sirahaका निदेशक लक्ष्मण शर्मा तथा प्रशिक्षक टोलीले नवराजपुरस्थित श्री जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा तालिमरत क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा क्याडेटहरूले तालिमका गतिविधि, अनुशासन, शारीरिक व्यायाम तथा नेतृत्व क्षमताको प्रदर्शन गरेका थिए। निरीक्षण टोलीले क्याडेटहरूको उत्साह, तालिमप्रति समर्पण र विद्यालयको व्यवस्थापनप्रति प्रशंसा व्यक्त गरेको थियो।
उपसेनानी रुबिना कार्कीले क्याडेटहरूको आत्मविश्वास, राष्ट्रिय सेवा प्रति प्रतिबद्धता र शारीरिक तथा बौद्धिक विकासमा NCC तालिमले पुर्याउने योगदानका विषयमा बल दिए। त्यस्तै, निदेशक लक्ष्मण शर्माले NCC ले युवा पुस्तामा देशप्रेम, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।
विद्यालय प्रशासनले उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको र भविष्यमा अझ प्रभावकारी तालिम कार्यक्रम सञ्चालन गर्न प्रेरणा प्राप्त भएको उल्लेख गरेको छ। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














Discussion about this post