![]()
महेश सिंह लहान सिरहा-सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठीयाईन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको वडा स्तरीय क्रिकेट प्रतियोगितामा खेलाडीबीच विवाद उत्पन्न भएको छ।
वडा नम्बर ३ र ४ का खेलाडीहरूले एम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेलमा अन्याय भएको दाबी गरेका छन्। खेलाडीहरूको भनाइअनुसार, विवादको कारण एम्पायरको निर्णय स्पष्ट नहुनु र निष्पक्ष नदेखिनु हो। उनीहरूले खेललाई निष्पक्ष बनाउन पुनः खेल दोहोर्याउनुपर्ने माग गरेका छन्।
स्थानीय युवाहरूले भने, “सबै वडाका खेलाडीहरू गाउँपालिकाको सम्पत्ति हुन्, खेलकुदमै एकता र पहिचान देखिन्छ। त्यसैले स्थानीय सरकारले यसमा गम्भीर ध्यान दिनुपर्छ।”
आयोजक समितिप्रति निष्पक्षता र अनुशासन कायम गर्न विशेष ध्यान दिनुपर्ने माग गरिएको छ। खेलाडीको मनोबल नघट्ने र खेल शान्तिपूर्वक सम्पन्न होस् भन्ने आग्रह पनि गरिएको छ।
स्थानीय स्रोतका अनुसार खेल दोहोर्याउँदा प्रतियोगिताको उद्देश्य र नतिजामा ठूलो फरक नपर्ने देखिएको छ। युवाहरूले मर्यादित, इमान्दार र सहमतिपूर्ण ढङ्गले खेल सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।














Discussion about this post