Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

महेश सिंह by महेश सिंह
२०८२ असार २१, शनिबार ११:२६
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

Loading

महेश सिंह,सिरहा-सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित गुप्ता टावरमा अत्याधुनिक सुविधासहितको ‘बी एण्ड बी डेन्टल प्लस मल्टिस्पेसियालिटी डेन्टल क्लिनिक प्रालि’ संचालनमा आएको छ। शुक्रबार एक विशेष समारोहबीच मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले क्लिनिकको उद्घाटन गर्नुभएको हो।
क्लिनिक सञ्चालक समितिका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री सिंहले बोल्दै सरकारी स्तरकै शुल्कमा निजी क्षेत्रबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारले सेवा प्रवाहका हरेक निकायसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनताको पहुँचमा पु¥याउन चाहन्छ।”
कार्यक्रममा पूर्वमन्त्री पद्मनारायण चौधरी, प्रदेशसभा सदस्य राजेन्द्र चौधरी, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतो, पूर्व नगरप्रमुख मुनि साह, जसपा नेता विजय यादव, कांग्रेस नेता फुलेश्वर महतो, मुकेश महतो, रेडक्रस लहानका मनिष यादव प्रदीप, समाजसेवी राकेश झा, डा. रितेश गिरी, पञ्चाङ्ग आयुर्वेद केन्द्रका डा. मिथिलेश सिंह लगायतको उपस्थिति थियो।
उक्त अवसरमा मन्त्री सिंहले लहानस्थित रामप्रसाद–उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका लागि दुई वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार करिब १९ करोड रुपैयाँको लागतमा उपकरण खरिद प्रक्रिया अगाडि बढिसकेको छ। “अब सिटी स्क्यान गर्न विराटनगर वा जनकपुर जानुपर्ने बाध्यता हट्नेछ,” मन्त्री सिंहले बताए।
साथै, आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको समेत मन्त्री सिंहले जानकारी गराउनुभयो।
‘सस्तोमा स्तरीय सेवा’ भन्ने नारासहित सुरु गरिएको बी एण्ड बी डेन्टल प्लस क्लिनिकमा दक्ष दन्त चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्दै आएका छन्।
क्लिनिकमा निम्न विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध छ। डा. अनील कुमार साह (NMC नं. 13965) – ओर्थोडोन्टिस्ट तथा ओराफेसियल ओर्थोपेडिक्स,डा. अवदेश यादव (NMC नं. 13163, BMDC नं. 4768)  ओरल एन्ड म्याक्सिलोफेसियल सर्जन,डा. बिनिता गुप्ता (NMC नं. 25439) – सिनियर डेन्टल सर्जन उपलब्ध सेवाहरूमा सामान्य तथा जटिल दन्त उपचार, हिल्ने दाँतको तारद्वारा उपचार, कृत्रिम दाँत राख्ने सेवा, रुट क्यानाल, बालबालिकाका लागि विशेष सेवा, र मुख तथा दाँतसम्बन्धी सर्जरी सेवा छन्।
क्लिनिकका संरक्षक कन्हैया प्रसाद गुप्ताले क्लिनिकले सरकारी अस्पतालसरहको शुल्कमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, “स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने हाम्रो उद्देश्य हो,” भन्नुभयो।
कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ लहान फुलवारीका पूर्वअध्यक्ष शंकर प्रसाद गुप्ताले गर्नुभएको थियो।
स्थानीयस्तरमै अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिसहित सेवा प्रदान गर्न थालेपछि बी एण्ड बी डेन्टल प्लस क्लिनिक लहान, सिरहा, सप्तरी र धनुषाका सेवाग्राहीका लागि दन्त उपचारको भरोसायोग्य गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ असार २१, शनिबार ११:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ असार २१, शनिबार ११:२६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ असार २१, शनिबार ११:२६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ असार २१, शनिबार ११:२६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ असार २१, शनिबार ११:२६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ असार २१, शनिबार ११:२६
Next Post
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ असार २१, शनिबार ११:२६
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ असार २१, शनिबार ११:२६
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ असार २१, शनिबार ११:२६
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ असार २१, शनिबार ११:२६
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ असार २१, शनिबार ११:२६
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ असार २१, शनिबार ११:२६
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८२ असार २१, शनिबार ११:२६
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८२ असार २१, शनिबार ११:२६
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८२ असार २१, शनिबार ११:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.