![]()
महेश सिंह लहान, – लहान नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। श्री सन्यासी आधारभूत विद्यालय, बिहरपुर लहान–३ मा आयोजित कार्यक्रममा अभिभावकहरूको भेलासहित विद्यार्थीलाई कपी, कटर, पेन्सिल र इरेजर वितरण गरिएको प्र.अ. राम चतुर महतोले जानकारी दिनु भयो।
लहान नगरपालिकाबाट प्राप्त सामग्री विद्यार्थीलाई नियमित रूपमा विद्यालय पठाउने प्रतिबद्धतासहित वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ। अभिभावकको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा विद्यालयले शिक्षाको महत्त्व र नियमित उपस्थिति आवश्यकतामा जोड दिएको छ।
विद्यालय व्यवस्थापन समितिका अनुसार, “विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”
शिक्षा क्षेत्रको सुधार र विद्यार्थीको सहभागिता वृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ।














Discussion about this post