![]()
महेश सिंह सिरहा लहान – युवाहरुको संगठन वाईसीएल नेपालले सिरहा जिल्लामा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट रमेश कामत जिल्ला उपाध्यक्षमा चयन भएका छन्।
माओवादी केन्द्रको जनवर्गीय संगठन वाईसीएल नेपालले आयोजना गरेको उक्त अधिवेशनमा पूर्वमन्त्री रामकुमार यादव, माओवादी केन्द्रका नेता हरिनारायण चौधरीलगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरुले वाईसीएलले समाज परिवर्तनको अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आमा जनताको अधिकारका लागि सदैव आवाज उठाउने राजनीतिक शक्ति माओवादी केन्द्र रहेको दाबी गरे।
अधिवेशनले नयाँ जिल्ला कार्यसमितिको पनि चयन गरेको छ। वाईसीएलले युवालाई राजनीतिक, सामाजिक र साङ्गठनिक जिम्मेवारीमा लैजाने उद्देश्यसहित जिल्ला अधिवेशन सम्पन्न गरेको जनाइएको छ।














Discussion about this post