Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ग्लोबल मनी वीक २०२५ मा लहानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १०, आईतवार ०९:५२
ग्लोबल मनी वीक २०२५ मा लहानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न

Loading

महेश सिंह लहान,- वित्तीय साक्षरताको महत्व बुझाउँदै ग्लोबल मनी वीक २०२५ को अवसरमा दिपशिखा धितोपत्र कारोबार कम्पनी स्टक ब्रोकर नम्बर ३८, लहान शाखा द्वारा सफटेक कलेज, लहान मा शेयर बजार लगानीसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १५० जना विद्यार्थीको सहभागिता रहेको थियो। सहभागीहरूलाई शेयर बजारको परिचय, लगानी रणनीति, जोखिम व्यवस्थापन, तथा बजार सञ्चालनका आधारभूत पक्षहरू बारे विस्तृत जानकारी दिइयो। लहान शाखाका प्रबन्धक शिवानन्द चौधरी ले विद्यार्थीहरूलाई नेपालको धितोपत्र बजार, लगानीकर्ताका अधिकार र कर्तव्य, सही लगानी गर्ने तरिका, तथा बजार विश्लेषणका आधारहरू स्पष्ट पार्दै शेयर बजारप्रति सचेत बन्न आवश्यक रहेको बताए।
हाल शेयर बजारप्रति युवाहरूको चासो बढ्दै गएको पाइन्छ। तर, उचित जानकारी अभावका कारण धेरैले हतारमा लगानी गर्ने र नोक्सानी व्यहोर्नुपर्ने अवस्था देखिएको छ। यही सन्दर्भमा दिपशिखा धितोपत्र कारोबार कम्पनीले नयाँ पुस्तालाई सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले शेयर बजार सम्बन्धी आधारभूत जानकारी र व्यावहारिक ज्ञान प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। सफटेक कलेजका एक विद्यार्थीले भने, “हामीमध्ये धेरैलाई शेयर बजारबारे आधारभूत जानकारी पनि थिएन। अहिले यस कार्यक्रमबाट बजार कसरी चल्छ, कसरी लगानी गर्ने भन्ने बुझ्न पाएँ।”
नयाँ तथा इच्छुक लगानीकर्तालाई शेयर बजारमा सहज रुपमा प्रवेश गराउन दिपशिखा धितोपत्र कारोबार कम्पनीले हरेक शुक्रबार निःशुल्क शेयर तालिम सञ्चालन गर्ने गर्दै आएको छ। यस तालिममा बजार विश्लेषण, सही शेयर छनोट गर्ने विधि, कम्पनीको वित्तीय विवरण बुझ्ने तरिका, तथा जोखिम व्यवस्थापनका उपायहरूबारे प्रशिक्षण दिइन्छ।
कम्पनीका अनुसार लगानीकर्ताले अध्ययन, अनुसन्धान, र बजारको सूक्ष्म विश्लेषण गरी मात्र निर्णय गर्नुपर्ने हुन्छ। यस्ता सचेतना कार्यक्रमले बजारमा नयाँ प्रवेश गर्नेहरूलाई सही दिशा निर्देश गर्ने विश्वास आयोजकको छ।
दिपशिखा धितोपत्र कारोबार कम्पनी हाल देशभर ६ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको प्रधान कार्यालय काठमाडौं, अनामनगर मा रहेको छ।
संस्थाका अध्यक्ष दिपक राज ओली तथा प्रबन्ध निर्देशक विष्णु राज ओझा रहेका छन्। कम्पनीले शेयर खरिद–बिक्री सेवाका साथै लगानीकर्ता शिक्षाका कार्यक्रमहरूलाई पनि प्राथमिकता दिँदै आएको छ।
कम्पनीका शाखाहरू   धनगढी,कैलाली,महेन्द्रनगर,कञ्चनपुर
चरिकोट,दोलखा,रतननगर,चितवन ,लहान,सिरहा लगायतका जिल्लामा कार्यालय संचालन गरी सेवा प्रवाह गरि रहेका छन्। वित्तीय साक्षरताको महत्त्वलाई उजागर गर्दै दिपशिखा धितोपत्र कारोबार कम्पनीले आगामी दिनमा पनि नयाँ लगानीकर्तालाई लक्षित गरी सचेतना कार्यक्रम तथा तालिमहरू सञ्चालन गर्दै जाने जनाएको छ।
शेयर बजारमा सूचित, सचेत,र जिम्मेवार लगानीकर्ताको आवश्यकता रहेको भन्दै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गरिने कम्पनीको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १०, आईतवार ०९:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १०, आईतवार ०९:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १०, आईतवार ०९:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १०, आईतवार ०९:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १०, आईतवार ०९:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १०, आईतवार ०९:५२
Next Post
कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र १०, आईतवार ०९:५२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र १०, आईतवार ०९:५२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र १०, आईतवार ०९:५२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र १०, आईतवार ०९:५२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ चैत्र १०, आईतवार ०९:५२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ चैत्र १०, आईतवार ०९:५२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ चैत्र १०, आईतवार ०९:५२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ चैत्र १०, आईतवार ०९:५२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८१ चैत्र १०, आईतवार ०९:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...