Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ माघ १३, आईतवार १०:२१
पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

Loading

महेश सिंह लहान सिरहा- समाजिक रुपान्तरणको अभियानमा सक्रिय पद्मोदय फाउन्डेसनको पहिलो वार्षिक साधारणसभा सिरहाको धनगढीमाईमा सम्पन्न भएको छ। एक वर्षअघि स्थापना भएको फाउन्डेसनले समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।
संस्थाले अपाङ्ग, गरिब, दलित र विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि तथा अन्य विविध क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई संस्थाले प्रभावकारी रूपमा सम्पन्न गर्दै आएको फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोले बताए।

शनिबार धनगढीमाईमा आयोजित साधारणसभामा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। सभाको उद्घाटन शारीरिक रूपमा अपाङ्गता भएका स्थानिय शिक्षक शम्भु प्रसाद यादवले पानसमा मैनवती बालेर गरेका थिए।
कार्यक्रममा धनगढीमाईका पूर्व नगर प्रमुख हरी नारायण चौधरी, एमाले नेता राज कुमार साह अनिरुद्ध, कांग्रेस नेता पंचलाल महतो, एमाले नेतृ शोभा बराल, वडाध्यक्षहरू, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले फाउन्डेसनले समाजसेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएका थिए।
साधारणसभाले हालको कार्यसमितिलाई निरन्तरता दिँदै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। संस्थाका सचिव राज कुमार साहका अनुसार, फाउन्डेसनले समाजमा उल्लेखनीय योगदान पुर्‍याउने योजनासहित अगाडि बढ्नेछ।
संस्थाले विभिन्न जिल्लामा स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, महिला उद्यमशीलता प्रवर्द्धन, अपाङ्गता सहयोग कार्यक्रम लगायत विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ। सचिव साहका अनुसार, फाउन्डेसनले भारतको चर्चित ‘जेन’ कार्यक्रम जस्तै उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।

संस्थाले आगामी दिनमा समाजसेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्य, शिक्षा, कृषि र युवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकता दिने अध्यक्ष महतोले बताए।
संस्थाले पछिल्लो एक वर्षमा सिरहा, सप्तरी लगायत विभिन्न जिल्लामा विपन्न परिवारलाई आर्थिक सहायता, खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ।
संस्थाले छोटो समयमै समाजमा प्रभावकारी काम गर्दै चर्चा कमाएको छ। फाउन्डेसनका पदाधिकारीहरूका अनुसार, स्थानिय सरकारबाट गर्न नसकिएका कार्यहरूलाई समेत प्रभावकारी रूपमा सम्पन्न गर्ने संस्थाको लक्ष्य छ।
साधारणसभा नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीमाईको सभा हलमा सम्पन्न भएको थियो।

संस्थाले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी, अपाङ्गता, महिला सशक्तीकरण लगायत क्षेत्रमा केन्द्रित रहेर कार्य गर्ने योजना बनाएको छ। संस्थाका गतिविधिहरू प्रति स्थानीय बासिन्दा उत्साहित देखिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ १३, आईतवार १०:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ १३, आईतवार १०:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ १३, आईतवार १०:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ १३, आईतवार १०:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ १३, आईतवार १०:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ १३, आईतवार १०:२१
Next Post
लहानमा विपन्नलाई कम्बल वितरण

लहानमा विपन्नलाई कम्बल वितरण

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ माघ १३, आईतवार १०:२१
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ माघ १३, आईतवार १०:२१
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ माघ १३, आईतवार १०:२१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ माघ १३, आईतवार १०:२१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ माघ १३, आईतवार १०:२१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ माघ १३, आईतवार १०:२१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ माघ १३, आईतवार १०:२१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ माघ १३, आईतवार १०:२१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ माघ १३, आईतवार १०:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...