Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

महेश सिंह by महेश सिंह
२०८१ माघ १६, बुधबार ०९:२०
लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

Loading

महेश सिंह सिरहा लहान- लघुवित्तका नाममा गरिब किसान र सर्वसाधारणलाई आर्थिक शोषणको चपेटामा पारिएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। सोमबार उदयपुरको गाईघाटमा आयोजित विरोध प्रदर्शनमा प्रमुख अतिथि मनोज पौडेलले लघुवित्तलाई नवसामन्ती शोषणको रूपमा परिभाषित गर्दै अब यो अन्याय सहन नसकिने चेतावनी दिए।

उदयपुर जिल्ला अध्यक्ष प्रदीप मगरको नेतृत्वमा आयोजित कार्यक्रममा गाईघाट बसपार्कबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै पिपल चौकमा कोण सभामा परिणत भएको थियो। कार्यक्रममा हजारौँ सहभागीले प्लेकार्डसहित नाराबाजी गर्दै लघुवित्त संस्थाको खारेजीको माग गरेका थिए।
राष्ट्रिय स्वयंसेवक नेपालका अध्यक्ष पौडेलले लघुवित्तका कारण देशभरका गरिब किसान, श्रमिक र महिलाहरूको जीवन झनै कष्टकर बनिरहेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “लघुवित्तले गरिबी हटाउने नाममा झनै गरिब जनतालाई ऋणको पासोमा फसाएको छ। पछिल्ला तीन वर्षमा मात्र १५ सय महिलाले यसकै कारण ज्यान गुमाएका छन्। सरकार बेखबर बस्न मिल्दैन। यदि हाम्रो माग पूरा भएन भने यो आन्दोलन विद्रोहमा बदलिनेछ।”
पौडेलले सरकारसँग प्रस्तुत १६ बुँदे मागपत्रमा उल्लेख गरिएका मुख्य विषयहरूमा स्पष्ट धारणा राख्दै भने, “समूहगत ऋण मिनाहा, निशुल्क ऋण उपलब्ध गराउनुपर्ने, मिटरब्याजी तमसुक खारेज गर्नुपर्ने र लघुवित्तका कारण मरणासन्न अवस्थामा पुगेका किसान र श्रमिकको जीवन रक्षा गर्नुपर्छ। सरकार अब पनि मौन बस्यो भने जनताले निर्णायक संघर्ष गर्नेछन्।”
कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिले निम्न १६ बुँदे मागपत्र प्रस्तुत गर्‍यो:
लघुवित्त संस्थाहरू खारेज,सामूहिक ऋण मिनाहा,निशुल्क ऋण प्रदान,चेक बाउन्स, कालोसूची र धितो लिलाम फुकुवा,मिटरब्याजी तमसुक खारेज,वित्तीय संस्थाहरूबाट असुलिएको अनाधिकृत रकम फिर्ता,नीतिगत भ्रष्टाचारीलाई कडा कारबाही।संघर्ष समितिका नेतृ बिना मगरले भनिन्, “लघुवित्त संस्थाहरूले गरिब जनतालाई मानसिक यातनामा पुर्‍याएको छ। यो सहन सकिने अवस्था छैन। आन्दोलनको यो चरण निर्णायक हुनेछ।”
कार्यक्रममा वक्ताहरूले गाईघाटको शक्ति प्रदर्शनपछि काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका छन्। संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले भने, “अब काठमाडौंलाई आन्दोलनको केन्द्र बनाउनेछौं। सरकारले हाम्रो माग पूरा गरेन भने यो आन्दोलन देशव्यापी विद्रोहमा परिणत हुनेछ।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले लघुवित्त संस्थाहरूको अत्याचारलाई खुलासा गर्दै गरिब वर्गलाई न्याय दिलाउन सरकारलाई आग्रह गरे।गाईघाटमा भएको विरोध प्रदर्शन र कोण सभामा करिब १० हजार मानिस सहभागी भएको आयोजकले जनाएको छ। प्लेकार्ड र नाराबाजीसहित सहभागीहरूले “लघुवित्त खारेज गर”, “गरिब जनताको ऋण मिनाहा गर”, “शोषणको अन्त्य गर” लगायतका नाराहरू लगाएका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष ज्ञवालीले आन्दोलनलाई अझ सशक्त बनाउन देशभरका पीडितहरूलाई सहभागी हुन आह्वान गरे। “यो केवल सुरुआत हो। यदि सरकार गम्भीर भएन भने आन्दोलन थप कडा बन्छ,” उनले चेतावनी दिए।
सरकारले हालसम्म कुनै प्रतिक्रिया नजनाएको र आन्दोलनकारीले यसलाई आगामी दिनमा कस्तो रूप दिनेछन् भन्ने विषयले देशभरको ध्यान तान्ने निश्चित छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ माघ १६, बुधबार ०९:२०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ १६, बुधबार ०९:२०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ माघ १६, बुधबार ०९:२०
Next Post
सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

सिरहामा भव्य राहु पूजा : हजारौं श्रद्धालुको सहभागिता

प्यारागन पब्लिक स्कूलद्वारा भव्य सरस्वती पूजाको आयोजना

प्यारागन पब्लिक स्कूलद्वारा भव्य सरस्वती पूजाको आयोजना

ससुराको कुटपिटबाट बुहारी गम्भीर घाइते,प्रहरीको नियन्त्रणमा राम नारायण चौधरी

ससुराको कुटपिटबाट बुहारी गम्भीर घाइते,प्रहरीको नियन्त्रणमा राम नारायण चौधरी

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ माघ १६, बुधबार ०९:२०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ माघ १६, बुधबार ०९:२०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८१ माघ १६, बुधबार ०९:२०
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ माघ १६, बुधबार ०९:२०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ १६, बुधबार ०९:२०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ माघ १६, बुधबार ०९:२०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ माघ १६, बुधबार ०९:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...