Nepal BBC
Thursday, August 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

महेश सिंह by महेश सिंह
२०८१ माघ १०, बिहीबार २३:५१
मधेश प्रदेशको भाषा विधेयकमाथि थारू समुदायको कडा विरोध, थारू भाषा समावेश गर्न माग

Loading

महेश सिंह लहान –  मधेश प्रदेश सरकारले नेपालीसहित पाँच भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने गरी प्रदेश सभामा विधेयक पेश गरेपछि थारू समुदायले कडा विरोध जनाएको छ। शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले बुधबार प्रदेश सभामा पेश गरेको विधेयकअनुसार, अब नेपालीका साथै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजका लागि आधिकारिक भाषा मान्यता दिने प्रस्ताव गरिएको छ।
तर, प्रदेश सरकारले थारू भाषालाई विधेयकमा समावेश नगरेको भन्दै थारू समुदायले असन्तोष व्यक्त गर्दै आन्दोलन चर्काएको छ। थारू कल्याणकारिणी सभाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै, थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने स्पष्ट माग राखेको छ। सभाका अनुसार, मधेश प्रदेशमा ४.१७ प्रतिशत जनसंख्या मातृभाषाका रूपमा थारू भाषा बोल्छन्, तर सरकारले यसलाई उपेक्षा गरी संविधान र संघीयताको मर्मविपरीत निर्णय गरेको आरोप लगाएको छ।

थारू कल्याणकारिणी सभाका केन्द्रिय सदस्य तथा माओवादी केन्द्रका नेता शिवा थारु चौधरीको नेतृत्वमा बिरोध कार्यक्रमको आयोजना भएको नगर सभापति दिप नारायण चौधरीले बताए। अध्यक्ष प्रेमीलाल प्रसाद चौधरी र महासचिव मिनराज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रदेश सरकारले ०.२३ प्रतिशत मात्र जनसंख्या बोल्ने हिन्दी भाषा र न्यून प्रयोगमा रहेको अंग्रेजीलाई समावेश गर्नु तर आदिवासी थारू समुदायको भाषा उपेक्षा गर्नु निन्दनीय छ। यसले थारू समुदायको मौलिक अधिकार हनन गरेको छ।”
थारू समुदायले भाषा विधेयक सच्याएर थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ। सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कदमहा बजारमा बिहीबार थारू कल्याणकारिणी सभाको नेतृत्वमा टायर बालेर प्रदर्शन गरिएको छ।

थारू समुदायका अगुवाहरूले मधेश प्रदेश सरकारलाई थारू भाषालाई आधिकारिक भाषाका रूपमा मान्यता दिन नसके थप कडा आन्दोलन गर्ने घोषणा गरेका छन्। सभाका नगर सभापति दीप नारायण चौधरीले “थारू भाषा प्रदेशभित्रको एक प्रमुख भाषा भएकाले यसलाई सरकारी कामकाजमा समावेश गर्नु प्रदेश सरकारको दायित्व हो” भन्दै माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
विरोध कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले ‘थारू भाषा सरकारी कामकाजमा लागू गर’ र ‘भाषागत विभेद बन्द गर’ जस्ता नारा लगाएका थिए। कार्यक्रममा कांग्रेस नेता दिनेश यादव, माओवादी केन्द्रका नेता दिलीप चौधरी, नगर प्रमुख गीता चौधरी, पूर्व नगर प्रमुख मुक्तिनाथ चौधरीलगायत थारू समुदायका सयौं अगुवाहरू उपस्थित थिए।
प्रदेश सरकारले भने विधेयकमार्फत भाषिक समावेशिता सुनिश्चित गर्न खोजिएको दाबी गरेको छ। विधेयकअनुसार, सरकारी राजपत्र देवनागरी लिपिमा नेपाली, मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषामा प्रकाशित गर्न सकिनेछ। यदि कुनै सार्वजनिक पदाधिकारीले यी भाषाहरूको प्रयोगमा अवरोध गरेमा १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था पनि विधेयकमा उल्लेख छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, मधेश प्रदेशमा मैथिली बोल्ने जनसंख्या ४१.७३ प्रतिशत, भोजपुरी १८.८१ प्रतिशत, बज्जिका १८.४४ प्रतिशत, हिन्दी ०.२३ प्रतिशत तथा थारू भाषा बोल्ने ४.१७ प्रतिशत रहेको छ। यसअघि, भाषा आयोगले २०७८ भदौ २१ मा मैथिली, भोजपुरी र बज्जिकालाई सरकारी कामकाजका लागि सिफारिश गरेको थियो।
अब प्रदेश सभामा विधेयकमाथि छलफल भएसँगै थारू समुदायको माग सम्बोधन हुने वा आन्दोलन थप चर्किने भन्ने विषयमा चासो बढेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ १०, बिहीबार २३:५१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ १०, बिहीबार २३:५१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ १०, बिहीबार २३:५१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ १०, बिहीबार २३:५१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ १०, बिहीबार २३:५१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ १०, बिहीबार २३:५१
Next Post
दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

दुर्गापुरका किसानले अनौठो काउली उत्पादन गर्दै उपभोक्तालाई चकित पारे

पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ माघ १०, बिहीबार २३:५१
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ माघ १०, बिहीबार २३:५१
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ माघ १०, बिहीबार २३:५१
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ माघ १०, बिहीबार २३:५१
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ माघ १०, बिहीबार २३:५१
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ माघ १०, बिहीबार २३:५१
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ माघ १०, बिहीबार २३:५१
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ माघ १०, बिहीबार २३:५१
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ माघ १०, बिहीबार २३:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...