Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

महेश सिंह by महेश सिंह
२०८१ माघ १२, शनिबार ०९:५१
पूर्वविद्यार्थीको योगदान: विद्यार्थीलाई सरकारी सेवातर्फ उन्मुख गराउन हाजिरी जवाफ प्रतियोगिता 

Loading

विद्यालयका पूर्वविद्यार्थीको प्रेरणादायी प्रयास: सरकारी सेवातर्फ आकर्षित गर्न अतिरिक्त क्रियाकलापको आयोजना

महेश सिंह, लहान-भगवानपुरभगवानपुर गाउँपालिका-२, नहरा रिगौलस्थित लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले विद्यालयका हालका विद्यार्थीहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न विशेष अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएका छन्। कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्दै विद्यार्थीलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने उद्देश्यसहित प्रत्येक वर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

विद्यालयका शिक्षक महेश कुमार यादवका अनुसार पूर्वविद्यार्थीहरूले व्यक्तिगत रूपमा आर्थिक स्रोत संकलन गरी कार्यक्रम आयोजना गर्ने गरेका छन्। यस वर्षको कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी सरोज कुमार यादवको विशेष पहल र नेतृत्वमा सम्पन्न भएको हो।

माघ ११ गते भगवानपुर गाउँपालिका- २ मा अवस्थित लक्ष्मी नारायण कौशल्या जनता मा.वि. को प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरियो। म्युजिकल चेयर प्रतियोगितामा छात्रातर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. बहराले प्रथम स्थान हासिल गर्दा हनुमान प्रसाद जनता मा.वि. इनर्वा द्वितीय स्थानमा रह्यो। छात्रतर्फ राउन्ड मुभिङ रेसमा बालसुन्दरी मा.वि. भगवानपुर प्रथम स्थान प्राप्त गर्न सफल भयो।
डोरी तान प्रतियोगितामा छात्रतर्फ लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहरा तथा छात्रातर्फ बालसुन्दरी मा.वि. भगवानपुरले पहिलो स्थान हात पारेका छन्। हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो।

यस वर्षको ‘च्याम्पियन्स अफ द इयर’ को उपाधि लक्ष्मी नारायण कौशल्या जनता मा.वि. नहराले हात पार्न सफल भएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
विद्यालयका प्रधानाध्यापक जीवछ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि,शिक्षक,अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रधानाध्यापक यादवले कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै पूर्वविद्यार्थीहरूप्रति आभार प्रकट गरेका थिए।

कार्यक्रममा पूर्वविद्यार्थी बिनोद कुमार यादवले समुदायका युवाहरूले समाज सुधार र शिक्षित समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए। स्थानीय मनोज कुमार यादवका अनुसार यसखाले कार्यक्रमले समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
पूर्वविद्यार्थी अशोक कुमार यादवले कार्यक्रमलाई प्रेरणादायी र उदाहरणीय बताउँदै यसले विद्यार्थीहरूलाई सरकारी सेवातर्फ प्रेरित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरे।

कार्यक्रमको संयोजक तथा सरोज कुमार यादवको नेतृत्व विशेष पहलमा अनुशासित, मर्यादित तथा निस्पक्ष रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्। उनले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय पूर्वविद्यार्थी मञ्चको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिइएको छ। कार्यक्रमले विद्यार्थीको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ माघ १२, शनिबार ०९:५१
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ माघ १२, शनिबार ०९:५१
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ माघ १२, शनिबार ०९:५१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ माघ १२, शनिबार ०९:५१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ माघ १२, शनिबार ०९:५१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ माघ १२, शनिबार ०९:५१
Next Post
पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

पद्मोदय फाउन्डेसनको पहिलो साधारणसभा सम्पन्न

लहानमा विपन्नलाई कम्बल वितरण

लहानमा विपन्नलाई कम्बल वितरण

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

लघुवित्तको शोषणविरुद्ध संघर्ष समिति आन्दोलित, काठमाडौं केन्द्रित आन्दोलनको तयारी

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ माघ १२, शनिबार ०९:५१
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ माघ १२, शनिबार ०९:५१
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ माघ १२, शनिबार ०९:५१
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ माघ १२, शनिबार ०९:५१
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ माघ १२, शनिबार ०९:५१
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ माघ १२, शनिबार ०९:५१
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ माघ १२, शनिबार ०९:५१
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ माघ १२, शनिबार ०९:५१
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ माघ १२, शनिबार ०९:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...