![]()
महेश सिंह लहान – सिरहाको लहानमा आम जनता पार्टीको लहान नगरस्तरीय भेला तथा चुनावी रणनीतिसम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले घर–घरमा पुग्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
कार्यक्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सञ्जीव कुमार सिंह, सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फकी उम्मेदवार ज्ञानु देवी दनुवार तथा समानुपातिकतर्फका उम्मेदवार अर्जुन विश्वकर्मा सहभागी रहनु भएको थियो।
भेलामा सहभागी नेताहरूले प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई सिरहामा सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र जनताको मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पार्टीले भ्रष्टाचारविरुद्धको संघर्ष, सुशासन र जनमुखी राजनीतिलाई मूल एजेन्डा बनाउँदै चुनाव जित्ने स्पष्ट रणनीति तयार गरेको जनाइएको छ। स्थानीय तहदेखि केन्द्रसम्म आम जनताको भरोसा जित्ने गरी अभियानलाई तीव्र बनाइने पार्टीले जनाएको छ।












Discussion about this post