Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

महेश सिंह by महेश सिंह
२०८२ माघ १५, बिहीबार २१:०५
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

Loading

महेश सिंह सिरहा – देशमा सुशासन र पारदर्शिताको नारा जति जोडतोडका साथ उठाइए पनि सरकारी कार्यालयमा त्यसको अनुभूति अझै टाढै देखिन्छ। सिरहास्थित नापी कार्यालयमा सेवाग्राहीले सेवा होइन, सास्ती पाउने गरेको गुनासो बढ्दो छ।
नापी कार्यालयमा सामान्य प्रशासनिक काम गराउन समेत अनावश्यक ढिलाइ, झन्झट र अप्रत्यक्ष दबाबको सामना गर्नुपरेको सेवाग्राहीहरू बताउँछन्। जग्गा एकीकृत, कित्ताकाट, ब्लु प्रिन्ट जस्ता नियमित काम कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि समयमै नहुने, बहानाबाजी गरिने र सेवाग्राहीलाई हैरान पारिने गरेको उनीहरूको आरोप छ।
गोलबजार नगरपालिकाका सेवाग्राही ज्ञान सिंहका अनुसार, आफ्नै नाममा रहेको दुई कित्ता एकीकृत गराउन पटक–पटक कार्यालय धाउनुपरेको थियो। “कागजात सबै मिलेको थियो, तर प्रक्रिया अघि बढेन,” उनले भने, “काम किन रोकिएको हो भन्ने प्रष्ट जवाफ कसैले दिएन।”
यस्तै अर्का सेवाग्राही गणेश यादवले पनि कार्यालयमा घण्टौँ अलमलाइएको अनुभव सुनाए। उनले भने, “कहिले नाप मिलेन, कहिले चौडाइ ठीक छैन भन्दै अनावश्यक झुलाइयो। समयमा काम नहुँदा जग्गा पाससमेत रोकियो।”
सेवाग्राहीहरूका अनुसार, नापी कार्यालयमा ढिलासुस्तीले आर्थिक र मानसिक दुवै किसिमको क्षति व्यहोर्नु परेको छ।

नापी र मालपोत कार्यालयमा दैनिक ठूलो संख्यामा सेवाग्राही आउने भएकाले त्यसको व्यवस्थापनमा गम्भीरता देखिँदैन। लेखापढी व्यवसायीहरूकै अनुसार, भीडको अवस्था र सेवाग्राहीको बाध्यतालाई ध्यानमा राखेर काम ढिलो गर्ने प्रवृत्ति मौलाएको छ।

यही विषयमा सेवाग्राहीको गुनासो बुझ्न नापी कार्यालय पुगेका पत्रकारमाथि कार्यालय प्रमुखबाटै दुव्र्यवहार भएको घटनाले थप चिन्ता पैदा गरेको छ।
कार्यालयमा देखिएको सेवाग्राहीको समस्याबारे प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मी आशिष विश्वकर्मा र मुकेश कुमार यादवलाई कार्यालय प्रमुख जनक राज ओझाले कार्यकक्षमै अपमानजनक व्यवहार गरेका थिए।
पत्रकारहरूले कार्यालयमा अनियमितता सम्बन्धी सूचना आएको भन्दै प्रतिक्रिया लिन खोज्दा प्रमुख ओझा आक्रोशित हुँदै “प्रमाण के छ?” भन्दै जङ्गिएको र प्रतिक्रिया दिन अस्वीकार गर्दै कार्यालयबाट बाहिर जान आदेश दिएको पत्रकारहरूको भनाइ छ।
पत्रकार यादवका अनुसार, “प्रश्न गर्न खोज्दा नै यस्तो व्यवहार भयो। जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो प्रतिक्रिया आउनु प्रेस स्वतन्त्रतामाथि नै प्रश्न हो।”

पत्रकारसँगै सेवाग्राहीप्रति पनि यस्तै व्यवहार भइरहेको हुनसक्ने आशंका स्थानीयहरू व्यक्त गर्छन्। उनीहरू भन्छन्, “प्रश्न उठाउनेलाई दबाउने होइन, समस्या सुन्ने र समाधान गर्ने जिम्मेवारी प्रशासनको हो।”
नापी कार्यालयमा देखिएको ढिलासुस्ती, सेवाग्राहीको पीडा र सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारले सरकारी सेवा प्रणालीप्रति आम नागरिकको विश्वास झन् कमजोर बनाएको छ। अब सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन र सुधारतर्फ कदम चाल्ने कि नचाल्ने, त्यो हेर्न बाँकी छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ १५, बिहीबार २१:०५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ १५, बिहीबार २१:०५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १५, बिहीबार २१:०५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १५, बिहीबार २१:०५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १५, बिहीबार २१:०५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १५, बिहीबार २१:०५
Next Post
आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

निर्वाचनको औचित्य नभएको दुर्गा प्रसाईंको दाबी, निर्वाचनको दिन सडकमै कार्यक्रम गर्ने घोषणा

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

महाअभियानको जिल्ला अध्यक्ष महतोको नेतृत्वमा लहानमा बिशाल जन सहभागीता

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ माघ १५, बिहीबार २१:०५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ माघ १५, बिहीबार २१:०५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ माघ १५, बिहीबार २१:०५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ माघ १५, बिहीबार २१:०५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ माघ १५, बिहीबार २१:०५
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ माघ १५, बिहीबार २१:०५
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ माघ १५, बिहीबार २१:०५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ माघ १५, बिहीबार २१:०५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ माघ १५, बिहीबार २१:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.