![]()
महेश सिंह लहान –जेसिआइ लहान सिटीको २४औँ वार्षिक साधारणसभा तथा २३औँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वर्ष २०२६ का लागि जेसी बमचन्द्र चौधरी निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको छ।
अधिवेशनले संस्थाको नेतृत्व चयनसँगै युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ कार्यसमितिले जेसिआइ लहान सिटीलाई अझ सक्रिय, समावेशी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
निर्वाचित कार्यसमितिमा जेसी प्रदिप यादव र जेसी शिवानन्द चौधरी कार्यकारी उपाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा जेसी प्रसुन साह, जेसी सन्तोष यादव, जेसी दुर्गा प्रसाद महतो र जेसी बिनोद यादव चयन भएका छन्।
महासचिवमा जेसी साइगेन्द्र साह, कोषाध्यक्षमा जेसी अमरेस महतो, सचिवमा जेसी अरबिन्द कुमार साह, तालिम निर्देशकमा जेसी शसिशेखर यादव, जनसम्पर्क अधिकारीमा जेसी नागेश्वर महतो र मिडिया डाइरेक्टरमा जेसी उपेन्द्र यादव चयन हुनुभएको छ। कानुनी सल्लाहकारको जिम्मेवारी जेसी खुश्बु जैसवाललाई दिइएको छ।
निर्वाचन प्रक्रिया मुख्य निर्वाचन आयुक्त उमेश कुमार यादवको नेतृत्वमा सम्पन्न भएको हो। जेसिआइ लहान सिटीका पूर्व अध्यक्ष देवन लाल ठाकुरले अधिवेशन तथा निर्वाचनसम्बन्धी जानकारी दिनुभएको थियो।
अधिवेशनमा सहभागी वक्ताहरूले जेसिआइ लहान सिटीले स्थानीय तहमा युवा सशक्तीकरण, सामाजिक सेवा र नेतृत्व विकासमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिले संस्थालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष चौधरीले सबै सदस्यहरूको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सदस्य सक्रियतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।











Discussion about this post