![]()
महेश सिंह लहान सिरहा- समाजवादी युवा संघ नेपालले आफ्नो पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सु-सम्पन्न गरेको छ। बैठकमा संघका विभिन्न स्तरका नेता–कार्यकर्ता तथा पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
बैठकमा संघको संगठनात्मक विस्तार, आगामी कार्यक्रम र युवा सशक्तिकरणसम्बन्धी रणनीतिहरूको समीक्षा तथा छलफल गरिएको जानकारी संघले दिएको छ। अध्यक्ष यादवले बैठकमा युवा नेतृत्व विकास, सामाजिक गतिविधि सुदृढीकरण र संगठन भित्रको सहकार्यलाई अझ प्रभावकारी बनाउनेमा जोड दिनुभएको थियो।
पदाधिकारी बैठकले संघका आगामी वर्षका कार्यक्रम, अभियान र गतिविधिहरूलाई व्यवस्थित र रणनीतिक रूपमा अघि बढाउने दिशा निर्देश गरेको बताइएको छ। बैठकमा उपस्थित सहभागीहरूले युवा संगठनको भूमिका सशक्त बनाउने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।













Discussion about this post