Nepal BBC
Thursday, September 10, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

Loading

महेश सिंह सिरहा-जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा बढ्दै गएको चुनौती न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ मा जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF Nepal) अन्तर्गत सञ्चालित “जलवायु गाउँ, नेपाल (Climate Smart Village Nepal)” परियोजना अन्तर्गत “जलवायु च्याम्पियन युवा परिचालन” अभियानमार्फत हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली आयोजना गरिएको हो।

यस अभियानको मुख्य उद्देश्य स्थानीय समुदायमा भइरहेका हानिकारक कृषि अभ्यासहरू विरुद्ध जनचेतना फैलाउनु तथा दिगो र जलवायु–अनुकूल खेती प्रणालीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। युवा परिचालन रणनीति अन्तर्गत माध्यमिक विद्यालयका विद्यार्थी, स्थानीय कृषक तथा विभिन्न सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर गाउँस्तरमा सामूहिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो।

र्‍यालीमा सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण, रासायनिक विषादीको अत्यधिक प्रयोग नियन्त्रण तथा जैविक खेती प्रवर्द्धनका पक्षमा नाराबाजी गरेका थिए। कार्यक्रममा कृषिमा बढ्दो जलवायु जोखिम, उत्पादनमा परेको प्रभाव तथा दिगो कृषि प्रणालीको आवश्यकताबारे अन्तरक्रिया समेत गरिएको थियो।

जलवायु च्याम्पियन प्रमोद कुमार मण्डलले जलवायु परिवर्तनको असर कम गर्न समुदायस्तरमै व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए। उनले युवाहरूको सक्रिय सहभागिताले वातावरणमैत्री कृषि प्रणाली विस्तार गर्न सहज हुने धारणा राखे।

कार्यक्रमबारे जानकारी दिँदै फिल्ड अफिसर उमेशनन्दन चौधरी तथा लक्ष्मीपुरपतारीका जेसी अधिकृत रजना श्रेष्ठले जलवायु परिवर्तन अहिले विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गर्दै स्थानीय तहदेखि नै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागी महिला किसानहरूले राष्ट्रिय कृषक समूह महासंघमार्फत आफूहरूलाई ठूलो फाइदा पुगेको बताएका छन्। एक महिला किसानले विषादीयुक्त खाना उपभोगबाट मुक्त हुँदै अहिले आफैंले अर्गानिक तरकारी उत्पादन गर्न सिकेको बताइन्। “महासंघ लागेपछि धेरै कुरा सिक्न पाएँ। अहिले आफ्नै खेतमा अर्गानिक तरकारी उत्पादन गर्छु, तरकारी बेचेर घरपरिवार चलाएकी छु र छोराछोरीको पढाइमा समेत लगानी गरिरहेकी छु,” उनले भनिन्।

स्थानीय कृषकहरूका अनुसार यस्ता कार्यक्रमले गाउँस्तरमा वातावरण संरक्षणसँगै सुरक्षित कृषि उत्पादनतर्फ आकर्षण बढाएको छ। केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्य तथा स्थानीय सरकारको समन्वयमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
Next Post
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.