Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

Loading

महेश सिंह सिरहा-जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा बढ्दै गएको चुनौती न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ मा जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल (NFGF Nepal) अन्तर्गत सञ्चालित “जलवायु गाउँ, नेपाल (Climate Smart Village Nepal)” परियोजना अन्तर्गत “जलवायु च्याम्पियन युवा परिचालन” अभियानमार्फत हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली आयोजना गरिएको हो।

यस अभियानको मुख्य उद्देश्य स्थानीय समुदायमा भइरहेका हानिकारक कृषि अभ्यासहरू विरुद्ध जनचेतना फैलाउनु तथा दिगो र जलवायु–अनुकूल खेती प्रणालीलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। युवा परिचालन रणनीति अन्तर्गत माध्यमिक विद्यालयका विद्यार्थी, स्थानीय कृषक तथा विभिन्न सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर गाउँस्तरमा सामूहिक चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो।

र्‍यालीमा सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण, रासायनिक विषादीको अत्यधिक प्रयोग नियन्त्रण तथा जैविक खेती प्रवर्द्धनका पक्षमा नाराबाजी गरेका थिए। कार्यक्रममा कृषिमा बढ्दो जलवायु जोखिम, उत्पादनमा परेको प्रभाव तथा दिगो कृषि प्रणालीको आवश्यकताबारे अन्तरक्रिया समेत गरिएको थियो।

जलवायु च्याम्पियन प्रमोद कुमार मण्डलले जलवायु परिवर्तनको असर कम गर्न समुदायस्तरमै व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए। उनले युवाहरूको सक्रिय सहभागिताले वातावरणमैत्री कृषि प्रणाली विस्तार गर्न सहज हुने धारणा राखे।

कार्यक्रमबारे जानकारी दिँदै फिल्ड अफिसर उमेशनन्दन चौधरी तथा लक्ष्मीपुरपतारीका जेसी अधिकृत रजना श्रेष्ठले जलवायु परिवर्तन अहिले विश्वव्यापी चुनौतीको रूपमा देखा परेको उल्लेख गर्दै स्थानीय तहदेखि नै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागी महिला किसानहरूले राष्ट्रिय कृषक समूह महासंघमार्फत आफूहरूलाई ठूलो फाइदा पुगेको बताएका छन्। एक महिला किसानले विषादीयुक्त खाना उपभोगबाट मुक्त हुँदै अहिले आफैंले अर्गानिक तरकारी उत्पादन गर्न सिकेको बताइन्। “महासंघ लागेपछि धेरै कुरा सिक्न पाएँ। अहिले आफ्नै खेतमा अर्गानिक तरकारी उत्पादन गर्छु, तरकारी बेचेर घरपरिवार चलाएकी छु र छोराछोरीको पढाइमा समेत लगानी गरिरहेकी छु,” उनले भनिन्।

स्थानीय कृषकहरूका अनुसार यस्ता कार्यक्रमले गाउँस्तरमा वातावरण संरक्षणसँगै सुरक्षित कृषि उत्पादनतर्फ आकर्षण बढाएको छ। केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्य तथा स्थानीय सरकारको समन्वयमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
Next Post
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८३ जेष्ठ १५, शुक्रबार ०७:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.