![]()
महेश सिंह लहान,सिरहा –लहान नगरपालिका–१५ निवासी जेन–जी सहिद विजय चौधरीकी छोरीको सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गराइएको छ।
लहान नगरपालिका–५ मा बसोबास गर्दै आएका कृष्ण कर्मचार्य र अन्जु कर्मचार्यले नेपाल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड, लहान शाखामार्फत रु ५० हजार (पचास हजार रुपैयाँ) बराबरको जीवन बीमा गराएका हुन्।
सहिद परिवारप्रति सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई गरिएको यस कार्यले सहिदका सन्तानको शिक्षा, स्वास्थ्य तथा भविष्यको सुरक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ। स्थानीय स्तरमा गरिएको यो पहललाई सहिद परिवारप्रति सम्मान र सहयोगको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।
स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणले यस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलिने र सहिद परिवारप्रति सामूहिक जिम्मेवारीबोध बढ्ने प्रतिक्रिया दिएका छन्।














Discussion about this post