Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

चौतर्फी विरोध पछि विसेन्द्र पासवान राजेश विद्रोहीको क्षेत्रबाट ´ब्याक

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ६, बिहीबार १२:५२
चौतर्फी विरोध पछि विसेन्द्र पासवान राजेश विद्रोहीको क्षेत्रबाट ´ब्याक

Loading

सप्तरी। समाजिक संजालमा चौतर्फी विरोध पछि बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवान राजेश विद्रोहीको सप्तरी ४ को चुनावी क्षेत्रबाट पछि हटेका छन् । राजेश विद्रोही सप्तरी क्षेत्र ४ अन्तर्गत पर्ने खडक नगरपालिका ३ गरुराहा बासी हुन् भने विसेन्द्र पासवान सिरहा क्षेत्र ४ मिर्चैया नगरपालिका बासी हुन् ।

विद्रोहीले दुईमहिना पहिलेदेखि यो क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । सप्तरी ४ मा विद्रोहीको जनतामा राम्रो पकड मानिन्छ । विद्रोहीले चलाउने राष्ट्रिय दलित जागरण अभियानको प्रभाव पनि राम्रो छ । दलित र गैरदलित समुदायमा समेत विद्रोहीको राम्रो छवि रहेको छ । केही दिन अगाडि विसेन्द्र पासवानले आफू पनि त्यही क्षेत्रबाट चुनाव लड्ने सार्बजनिक गरेपछि चौतर्फी दलित नेतृत्व बीच आपसमा बाहिरी शक्तिले लडाउन खोजेको समेत चर्चा छ ।

विसेन्द्र पासवानले विद्रोहीको क्षेत्रमा लड्ने सार्वजनिक भएको न्युज सेयर गर्दै स्वागत गरेका छन् भने अन्य दर्शकहरुले पासवानलाई आलोचना गर्दै क्षेत्र परिवर्तन गर्न विभिन्न दबाब र टिप्पणी गरेका छन् । पासवान निकट मानिएका शम्भु पासवानका अनुसार, विसेन्द्र पासवान सप्तरीबाट नभएर सिरहा ४ बाट चुनाव लड्ने बताए ।

विद्रोहीको वास्तविक नाम राजदेव राम हो । उनी विधार्थी राजनीतिबाट जनयुद्धमा भूमिगत भएपछि अग्लो हदको कारण साथीहरूले भूमिगत नाम राजेश हमालसँग तुलना गरेर राजेश राखेको थियो । पछिल्लोपटक उसको वास्तविक नामभन्दा जनयुद्धकालिन नाम नै स्थापित हुन पुगेका हुन् ।

पछिल्लो पटक माओवादीले जनमुक्ति सेना निर्माण कार्य अगाडि बढाएपछि उनी सेनामा प्रवेश गरेका थिए । मधेसी लडाइ लड्दैन्, कायर डरछेडुवा हुन्छ, सेना प्रहरीमा जागिर खाँदैन्, अवसरवादी हुन्छ, डाक्टर, मास्टर, इन्जिनियर मात्र बन्छ भन्ने ठूलै आलोचनात्मक चर्चा चलेपछि मधेसी समुदायबाट उनी सहित थुप्रै युवाहरू पार्टीको सांगठनिक क्षेत्रबाट विद्रोह गरेर जनमुक्ति सेनामा प्रवेश गरेका थिए । सेनामा प्रवेश गरेपछि पहाडी भूभागमा लामै समय थुप्रै मोर्चाहरुमा सहभागी भए ।

सैनिय मोर्चामा सहभागी भएपछि राजेशको अर्को नाम फेरियो विद्रोही । साथीहरूले उसको मधेसबाट विद्रोह गरेर सैनिक मोर्चामा लामो समय लडेपछी गोपनियताको कारण उसको नाम साथीहरूले फेरियो । गीत, कविता, गजल र लेखन क्षेत्रमा रुचि राख्ने कारण उसले पहिलो कवितासंग्रह रक्तमुच्छेल अंकुरण प्रकाशन गरेपछि पुस्तकमा वास्तविक नाम राख्ने विषयमा साहित्यकार ईश्वरचन्द्र ज्ञवाली र रोशन जनकपुरीले वास्तविक नामभन्दा आफ्नो स्थापित दुबै नामलाई जोडेर राजेश विद्रोही राखेपछि नेपाली साहित्य तथा पत्रकारिता जगतमा यो नाम जबर्जस्त स्थापित नाम बन्न पुगेको देखिन्छ ।

सिरहा क्षेत्र ४ मिर्चैया बासी विसेन्द्र पासवान लहानको सिनो बहिष्कार आन्दोलन लगायतका दलित आन्दोलनबाट उदाएका एक दलित राजनीतिक पात्र हो । उसको गाउँघरको नाम ठगहर पनि हो । दलित जनजाति पार्टी खोलेर उनी सांसद र मन्त्री समेत भइसकेका पात्र हुन् । पछिल्लोपटक दलित जनजाति पार्टी र दलित आन्दोलन उसैको कारण बदनाम भएपछि उसले अर्को पार्टी बहुजन शक्ति पार्टी खोलेर राजनीति गर्दै आएका हुन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ६, बिहीबार १२:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ६, बिहीबार १२:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ६, बिहीबार १२:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ६, बिहीबार १२:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ६, बिहीबार १२:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ६, बिहीबार १२:५२
Next Post
विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

लहान सरकारी अस्पतालमा दातका विशेषज्ञ द्वारा उपचार हुँदै

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु…….भित्र हेर्नु होस

बलिउड अभिनेत्री सेफाली सोसल मिडिया हट तस्बिरहरु.......भित्र हेर्नु होस

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ आश्विन ६, बिहीबार १२:५२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ आश्विन ६, बिहीबार १२:५२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ आश्विन ६, बिहीबार १२:५२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ आश्विन ६, बिहीबार १२:५२
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ आश्विन ६, बिहीबार १२:५२
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ आश्विन ६, बिहीबार १२:५२
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ आश्विन ६, बिहीबार १२:५२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ आश्विन ६, बिहीबार १२:५२
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ आश्विन ६, बिहीबार १२:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.