सिरहाको धनगढीमाई नगरपालिकाले यो बर्ष देखि स्थापना दिवस मनाउन सुरु गरेका हुन्। धनगढीमाई बासीले राष्ट्रको हितमा योगदान पुर्याएका दर्जनौं ब्यक्तीलाई संमान गरेर स्थापना दिवस मनाएका हुन्।
विभिन्न क्षेत्र बाट राष्ट्र लाई योगदान पुर्याउनले प्रभुत्व जमाउने ब्यक्तीहरुलाई धनगढीमाई नगरपालिकाले स्थापना गरेको कार्यक्रमद्वारा उच्च संमानका साथ संमान गरेका हुन्।
धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको अतिथिहरुमा नगर उप प्रमुख संगिता चौधरी,पुर्व मेयर हरि नारायण चौधरी,आर्थिक बिलेशक अशोक खडका लगायतका दर्जनौं बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
देशमा योगदान दिने प्रभुत्व ब्यक्तीहरुबाट सल्लाह सुझावलाई आत्मसात गरी नगर बिकासको काम अगाडी बढाउने नगर प्रमुख महतोले बताए।कार्यक्रमको संचालन संयय कुमार चौधरीले गरेका कार्यक्रममा उल्लेखनीय जन सहभागीता रहेको आयोजकले जनाए।
Discussion about this post