![]()
महेश सिंह सिरहा लहान –नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ सदस्य तथा कम्युनिस्ट आन्दोलनका एक सच्चा पहरेदार रामप्रसाद महतोको २०८२ साल असोज १ गते आइतबारका दिन निधन भएको छ। उहाँको निधनले सम्पूर्ण कम्युनिस्ट परिवार स्तब्ध बनेको छ।
करीब ९५ वर्षको उमेरमा दिवङ्गत भएका महतो पार्टीप्रति निष्ठावान, सादगीपूर्ण जीवन र जनसेवामा समर्पित व्यक्तित्वका रूपमा चिनिन्थे। उहाँ सरेअमबासका १४औं महाधिवेशनका संरक्षक समेत रहनुभएको थियो।
परिवारका सदस्य विरेन्द्र सिंहका अनुसार, स्वर्गीय महतोको पार्थिव शरीरलाई हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो।
महतोको निधनप्रति गहिरो शोक व्यक्त गर्दै एमालेका नेतृवदेखि कार्यकर्तासम्मले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। वक्ताहरूले महतोले कम्युनिस्ट विचारधाराको विस्तारमा पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको आदर्श र समर्पण भावले भावी पुस्तालाई प्रेरणा दिने बताएका छन्।














Discussion about this post