काठमाडाैँ । राष्ट्रिय एकता अभियाननिकट राष्ट्रिय विद्यार्थी परिषद्ले अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
बाराको कलैयामा राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष विवेक कुशवाहाको नेतृत्वका अभियानका केन्द्रीय अध्यक्ष यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका गरिएको हो ।
राष्ट्रिय विद्यार्थी परिषद्का अध्यक्ष कुशवाहाले नेपालमा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए ।
उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपुर्ण रहेको बताए ।
उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’
Discussion about this post