Nepal BBC
Thursday, February 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विश्वप्रकाश–कृष्ण सिटौला : मिल्नै सक्दैनन्

देशका अरु जिल्लामा कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्ष छ । तर झापामा भने देउवा र कोइराला समूहको भूमिका गौण छ । यहाँ त महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको समानान्तर गतिविधि छ ।

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १४, मंगलवार ०२:००
विश्वप्रकाश–कृष्ण सिटौला : मिल्नै सक्दैनन्

Loading

काठमाडौं । नेपाली कांग्रेसको केन्द्र र जिल्ला तहका गुटगत जोड घटाउभन्दा अलिक भिन्न छ झापाली कांग्रेस । केन्द्रमा संस्थापन पक्षको नेतृत्व शेरबहादुर देउवा र इतरको नेतृत्व डा. शेखर कोइरालाले गर्दै आएका छन् ।

देशका अरु जिल्लामा यी दुवै समूह स्पष्ट देखिन्छन् । तर, झापामा भने देउवा र कोइराला समूहको भूमिका गौण छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको समानान्तर गतिविधि झापामा छ ।

केन्द्रमा संस्थापनले शेखर कोइराला पक्षलाई किनारा लगाएको चर्चा हुन्छ । झापामा सिटौला पक्षले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ तथ्य सुनिन्छ । महामन्त्री विश्वप्रकाश पक्ष पछिल्लो समय सिटौलासँग थप चिढिएको छ ।

विश्वप्रकाश पक्षका जिल्ला नेताहरु भन्छन्, ‘सिटौलासँग संवाद गर्नुको औचित्य नै छैन ।’ तर, सिटौला पक्ष भने दुई नेताहरु बीचमा वैमनस्य नभएको तर्क गर्छ । सिटौला निकट रहेका झापाका जिल्ला सभापति देउमान थेवे भन्छन्, ‘एकदम एकवद्ध हुनुहुन्छ । सिटौला र शर्माको कुनै पनि झगडा छैन । कृष्ण सिटौला र विश्वप्रकाश बाझेको कहिले पनि छैन ।’

स्थानीय निर्वाचनले दूरी झनै बढायो

दुई नेताबीच सौहार्द्ध सम्बन्ध त्यसअघि पनि थिएन । स्थानीय तहको चुनावको समयमा मन माझामाझ गरी कांग्रेसलाई जिताउने अवसर दुई नेतालाई थियो । प्रयास नभएको पनि होइन । स्थानीय तहको मिति घोषणा भइसकेपछि शर्मा, सिटौला र केन्द्रीय सदस्य सरिता प्रसाईं झापा झरे र एउटै मञ्चमा देखिए ।

‘चुनावमा हामीबीचको मतान्तर देखिने छैन । झापामा कांग्रेस विजयी गराउन एकवद्ध छौं’ तीनै नेताले सामूहिक उद्धघोष गरे, ‘सबैलाई जिताउने गरी आजैदेखि अभियान चालौं । गुटको अनुभूति हुन झापामा अब दिँदैनौं ।’

बिर्तामोडमा भएको कार्यक्रमले कार्यकर्तामा उत्साह थप्यो । समूहगत विवाद झापा नदेखिने गरी ढुक्क बनाएपछि कार्यकर्तामा ऊर्जा देखियो । कार्यकर्तामा देखिएको उत्साह टिकट वितरणको क्रममा पुग्दा धुलिसात भइसकेको थियो ।

केन्द्रमा नेता सिटौला कमजोर हुँदै गएपनि उनको शक्ति झापाबाट विस्तार हुँदै प्रदेश कार्यसमितिमा पुगेको छ । उनी निकट उद्धव थापा प्रदेश १ को सभापति र देउमान थेवे जिल्ला सभापति छन् । प्रदेश र जिल्ला नेतृत्वमा आफ्ना मान्छे भएको अत्यधिक लाभ सिटौलाले स्थानीय चुनावको वितरणका क्रममा लिए । किनभने नगरपालिकाको टिकट बाँड्नेमा प्रदेश सभापति थापा थिए भने गाउँपालिकाको टिकट वितरण गर्नेमा जिल्ला सभापति थेवे थिए ।

महामन्त्री विश्वप्रकाशको गृहनगर मेचीनगरको मेयरको टिकट केशव पाण्डेलाई दिइयो ।महामन्त्रीले आफ्नो गृह पालिकामा समेत टिकट आफ्नालाई दिन नसकेपछि कार्यकर्ता पङ्तिमै उनीमाथि प्रश्न उठ्यो ।

‘आफ्नै पालिकामा समेत निकटलाई उम्मेदवार बनाउन सकिएन भने राजनीति किन गर्नु भन्ने विश्वप्रकाशलाई पर्‍यो’, जिल्ला तहका एक नेता भन्छन्, ‘विश्वप्रकाशको आग्रहमा देउवाले टिकट उनी पक्षीयलाई दिने निर्णय गरे । र सिटौला पक्षका पाण्डेको टिकट खोसियो ।’ विश्वप्रकाश निकट इन्द्रबहादुर बुढाथोकी टिकट पाए ।

यस प्रकरणले विश्वप्रकाश र सिटौलाको विवाद थप चुलिने कारण बन्यो । स्थानीय नेताहरुका अनुसार पाण्डेको टिकट खोसिएसँगै सिटौला पक्षले विश्वप्रकाश निकटका उम्मेदवारलाई सहयोग गरेन । मेचीनगरमा गठबन्धन नै नहुँदा अघिल्लोपटक विमल आचार्यले कांग्रेसबाट जितेका थिए । गठबन्धन हुँदा यसपटक कांग्रेस उम्मेदवार पाँच हजार १६७ मतान्तरले पराजय भोगे ।

शीर्ष तहका नेताको आन्तरिक द्वन्द्व मेचीनगरमा मात्रै देखिएन । जिल्लाभर त्यसको प्रभाव देखियो । १५ पालिकामा कांग्रेसले यसपटक भद्रपुर नगरपालिका सहित कचनकवल, कमल, गौरीगञ्ज, झापा र बुद्धशान्ति गरी ६ पालिका जितेको छ । तालमेल हुँदा पनि अघिल्लोपटक भन्दा कांग्रेस यहाँका नगरपालिकाहरुमा कमजोर देखिएको छ । सिटौला पक्षको असहयोगले नतिजा कांग्रेसको पक्षमा उत्साहप्रद नआएको विश्वप्रकाश पक्षको तर्क छ ।

‘विश्वप्रकाश पक्षका व्यक्तिलाई नियोजित रुपमा हराइएको छ । गुटबन्दी नगर्ने भनेपनि हराउने काममा उहाँ (सिटौला) लाग्नुभयो’ विश्वप्रकाश निकट एक नेता भन्छन्, ‘कांग्रेसलाई झापामा बलियो बनाउन उहाँ (सिटौला) ले विश्वप्रकाशसँग छुट्टै समझदारी गर्नुपर्छ ।’

विश्वप्रकाश पक्षको भनाइको सिटौला पक्षले प्रतिवाद गरेको छ । पार्टीको आन्तरिक कारणले हारिएको भनाइमा सत्यता नभएको जिल्ला सभापति थेवे बताउँछन् । ‘कृष्ण दाइ कहिँ हराउन लाग्नुहुन्छ ? बेकारको कुरा हो । झापामा कहिं कसैले कसैलाई हराउन खोजेको छैन’ थेवेले प्रतिवाद गरे ।

कन्काईमा दुई नेता नमिल्दा पराजय भोगे । बागीले मत धेरै ल्याउँदा कांग्रेसका आधिकारिक उम्मेदवार हारे । शेरबहादुर थापा जो टिकटको आशामा थिए, जिल्लाको संस्थापन पक्षले (सिटौला समूह) पेलेको उनलाई अनुभूति भयो । नेता सिटौला, प्रदेश सभापति थापा र थेवेकै कारण कांग्रेस छोड्न परेको उनले गुनासो राख्दै आएका छन् ।

कटुताको सुरुवात कहाँबाट ?

नेपाल विद्यार्थी संघको अध्यक्ष हुने बेलासम्म विश्वप्रकाश पार्टीको कोइराला क्याम्पमै थिए । त्यतिबेलासम्म उनको सम्बन्ध सिटौलासँग समधुर थियो । दुई नेताको सम्बन्ध बिग्रने कारण १२ औं महाधिवेशन बनिदियो ।

२०६७ सालमा जिल्ला सभापतिमा प्रतिस्पर्धा गर्न विश्वप्रकाश झापा झरे । झापामा आफ्नो हालीमुहाली गर्दै आएका सिटौलालाई उनको प्रवेश सहज लागेन । सिटौला आफू निकट उद्धव थापालाई जिल्ला सभापति बनाउन चाहन्थे ।

थापाको प्रतिस्पर्धी बन्न विश्वप्रकाश पुगे । त्यही विन्दुबाट सम्बन्धमा कटुता सुरु भयो । ‘तिमी केन्द्रमै दाबी गर । जिल्लामा राजनीति गरेर अघि बढेकालाई सभापति बनाऔं भन्ने कृष्ण दाइको कुरा थियो’, झापाका एक नेता भन्छन्, ‘विश्वप्रकाशजीले उहाँको कुरा स्वीकार गर्नुभएन ।

त्यसपछि निरन्तर दुई धारको औपचारिक सुरुवात भयो ।’ नेता चक्र बाँस्तोलाको साथ लिएर शर्मा जिल्ला सभापतिमा उठेका थिए । बाँस्तोलाले विश्वप्रकाशलाई अघि सारे पनि जिल्लामा स्पष्ट देखिने गरी समूह बनाउन लागेनन् । सभापतिमा विश्वप्रकाश पराजित भए ।

झापामा सिटौलासँग बढेको तिक्तता केन्द्रमा पनि तत्कालीन समयमा देखियो । गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका ‘भित्रिया’ समेत सिटौला थिए । सुशील कोइराला कार्यवाहक सभापति बनेको बेला विश्वप्रकाशलाई अर्को धक्का लाग्यो ।

नेविसंघका पूर्व सभापतिहरु प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरुराज घिमिरे लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गर्दा विश्वप्रकाशलाई गरेनन् । ‘केन्द्रीय सदस्य मनोनित गर्न रोक्ने सिटौला नै हुन् भनी विश्वप्रकाशलाई पर्‍यो । त्यसपछि त उहाँहरुबीच झनै सम्बन्ध टाढियो’ कांग्रेसका एक नेता भन्छन् ।

दुबै आआफ्नो तरिकाले राजनीति गरिरहेका थिए । आन्तरिक तिक्ततामा बढोत्तरी नआए पनि सम्बन्धमा प्रगाढता थिएन । विश्वप्रकाशले महामन्त्री उम्मेदवारी काठमाडौंबाट घोषणा गरेर ‘विश्वप्रकाशलाई महामन्त्री बनाऔं’ चुुनावी अभियान झापाबाट सुरु गर्ने सोचे । चुनावी अभियानको कार्यक्रम जिल्ला कार्यसमिति मार्फत नै आयोजना गर्न चाहन्थे । सिटौला पक्षधर जिल्ला नेतृत्व उनको अभियान सुरु गर्न तत्पर रहेन ।

जिल्ला नेतृत्वले असहयोग गर्दागर्दै विश्वप्रकाशले विर्तामोडमा महाधिवेनको चुनावी अभियान सुभारम्भ गरे । सिटौला पक्षका कोही पनि उनको कार्यक्रमा पुगेनन् । ‘पार्टी सभापति देउवा र जिल्ला नेतृत्वले विश्वप्रकाशको कार्यक्रममा नजान कार्यकर्तालाई उर्दी नै जारी गरे’, विश्वप्रकाश निकट एक जिल्ला नेता भन्छन् । झापाको पुरानो नेता पूर्णानन्द शर्मा मार्फत अभियान उद्घाटन गर्ने सोंचमा विश्वप्रकाश थिए । पूर्णानन्द त्यस कार्यक्रममा आइदिएनन् ।

एक पछि अर्को गर्दै दरार थप बढ्दै गइरहेकै थियो । सिटौलाको जिल्लादेखि केन्द्रसम्म असहयोग हँुदाहुँदै पनि विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भए । महामन्त्री विजयी भएकोमा गृह जिल्लामा धन्यवाद कार्यक्रम राख्न विश्वप्रकाशले चाहे । सिटौला पक्ष उपस्थित भएन । चुनावी अभियान प्रारम्भ गर्दा उपस्थित हुन नचाहेका पूर्णानन्द शर्मा भने पछिल्लो पटक सहभागी भए ।

तिक्तता नघटे थप क्षति

दुई नेताको टकरावले गर्दा कांग्रेसले झापाका स्थानीय तहमा आशातीत परिणाम प्राप्त गर्न सकेन । दुई नेताको सम्बन्ध सुधार नभए त्यसको हानी संघ र प्रदेशको निर्वाचनमा पार्टीले बेहोर्ने जिल्ला तहका नेताहरु बताउँछन् ।

‘जिल्लामा यस्तो मानक बनेको छ कि । यी दुईले एकले अर्कालाई हराउँछन् नै । दुई जना मिल्नै सक्दैनन् भन्ने कार्यकर्ता तहमा मनोविज्ञान नै विकास भइसकेको छ’, झापामा दुई पक्षको राजनीतिबारे जानकार एक व्यक्ति भन्छन् ।

शर्मा र सिटौलाको गठजोड बलियो भयो भने बढीमा गठबन्धनले ४ वटा सिट जित्न सक्ने पार्टी भित्रको आकलन छ । गठबन्धनबाट जित निकाल्न सत्ताघटकको इमान्दारी र दुई नेताको सहकार्य अनिवार्य हुनुपर्ने जिल्ला तहका नेताहरु बताउँछन् । ‘गठबन्धन गर्ने भनेकै सबै जित्न हो, गठबन्धनले पाँचै क्षेत्र जित्छ’, जिल्ला सभापति थेबे दाबी गर्छन्,‘हराउन हुँदैन भन्ने भइसक्यो । कांग्रेसमा कसैले कसैलाई हराउदैन ।’

झापाको हकमा कांग्रेस, एमालेपछि र तेस्रो शक्तिको रुपमा राप्रपा निर्णायक छ । स्थानीय तह निर्वाचनमा झापा–३ भित्र पर्नेबाहेक अरु सबै क्षेत्रमा एमाले पहिलो शक्ति छ । तालमेल विना दुबै नेतालाई जित्न गाह्रो छ । २०७४ मा विश्वप्रकाशले पाएको मतको आधारमा सिटौला भन्दा उनलाई अनुकुल छ । २०७९ को स्थानीय तहको मतको आधारमा विश्वप्रकाशलाई भन्दा सिटौलालाई अनुकुल छ ।

२०७४ सालमा सिटौला फराकिलो मतान्तरले पराजित भएका थिए । राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले ४४ हजार ६१४ मत ल्याई विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रका राम कार्कीले ३६ हजार ल्याई विजयी हुँदा विश्वप्रकाशले ३३ हजार ३१० मत पाएका थिए । स्थानीय तहको निर्र्वाचनमा झापा १ मा गठबन्धनका सबै दलको मत जोड्दा पनि एमाले नै पहिलो दल हुन्छ । झापा ३ मा भने कांग्रेसलाई आएको मत बढी छ ।

जिल्लामा नेताहरुको मनमुटावले तालमेल गर्दा पनि पराजय भोग्नुपरेको तीतो यथार्थ जिल्लामा छ । एउटाले अर्काको भूमिकालाई कमजोर देख्दा थप क्षति व्यहोरिने जिल्ला तहका नेताहरु बताउँछन् । सम्मानित नेताको भूमिका दिँदा समेत सिटौलाले पेल्ने नीति अख्तियार गरेको विश्वप्रकाश पक्षको बुझाइ छ । तीतो विगतको आकलन गर्दै जिल्लामा विश्वप्रकाशले भन्ने गरेका छन्, ‘उहाँको असहयोगले म हारें भने ५१ वर्षमा तीन पटक हारेको हुनेछु । उहाँले हार्दा जीवनको अन्तिम चुनाव पनि हार्नुभएको हुनेछ ।’

तालमेल गर्दा माओवादीको भागमा पर्ने अवस्था रहे झापा–१ मा विश्वप्रकाश उम्मेदवार हुन नपाउने अवस्था बन्छ । झापा–२ मा विश्वप्रकाशको साथ केन्द्रीय सदस्य सरिता प्रसाईंलाई छ । प्रसाईं केन्द्रमा नेता शेखर निकट मानिन्छिन् । यस क्षेत्रमा सिटौलाले सुधीर शिवाकोटीलाई उम्मेदवार बनाउन खोजेका छन् । शिवाकोटी पूर्व केन्द्रीय सदस्य हुन् । सभापति देउवाको पक्षबाट केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा–२ बाट आकांक्षी छन् ।

झापा– ३ मा सिटौला स्वयं दाबेदार छन् । झापा–४ मा सिटौला निकट जिल्ला सभापति थेबे उम्मेदवारको पहिलो लाइनमा छन् । अन्य पक्षका यहाँ देखिएका छैनन् । झापा–५ मा सिटौलाको आफ्नो उम्मेदवार छैनन् । देउवा पक्षबाट अघिल्लोपटक एमाले अध्यक्ष केपी ओलीसँग पराजित खगेन्द्र अधिकारी उम्मेदवारमा दोहोरिन चाहेका छन् ।

शेखर पक्षबाट महाधिवेशन प्रतिनिधि मेदिनी सिटौला आकांक्षी छन् । यसै क्षेत्रमा विश्वदीप लिङ्देनले पनि रुची देखाएका छन् । २०६४ सालमा माओवादीबाट उम्मेदवार बनेका उनी संविधानसभामा निर्वाचित भएका थिए । २०७४ मा लिङ्देन कांग्रेस प्रवेश गरेका थिए ।

स्थानीय तहको अवस्था केन्द्र र संघमा नदोहोरिनेमा विश्वप्रकाश निकट जिल्ला नेता राम कट्टेल आशावादी छन् । ‘स्थानीय तहमा अन्तर्घात भए होलान् अब अहिले कसलाई दोष लगाउनु र?’, कट्टेलले भने, ‘अनुशासन समितिले कारबाही गर्ला । स्थानीय तहकै जस्तो अवस्था केन्द्र र प्रदेशको चुनावमा देखिन्न होला ।’

छोरालाई अघि बढाउँदै सिटौला

नेता सिटौलाले स्थानीय राजनीतिमा छोरा श्याम सिटौलालाई अघि बढाएका । झापा–३ को सम्पर्क समितिको संयोजक बनेर श्याम सिटौला स्थानीय राजनीतिमा लागिरहेका छन् । बाबु सिटौलासँग सम्बन्ध सुध्रनेमा आशावादी नरहेका विश्वप्रकाश छोरासँग भने झिनो आशावादी छन् ।

छोराकै पहलमा विश्वप्रकाशसँग सम्बन्ध सुधार्ने प्रयासमा एक कार्यक्रम पनि सिटौलाले गर्न लगाए । झापा–३ मा श्यामकै सक्रियतामा भएको कार्यक्रममा प्रमुख अतिथि विश्वप्रकाशलाई बनाउने गरी चाँजोपाँजो मिलाइएको थियो । तर, विश्वप्रकाश गइदिएनन् ।

‘तलबाट प्रश्न सोधिने र उहाँले जवाफ दिने कार्यक्रम बनेको थियो । नेता कार्यकर्तामा उत्प्रेरणा जगाउने कार्यक्रमको उद्देश्य थियो’, जिल्लाका एक नेता भन्छन् । मिति तय गरी बोलाउने भनिए पनि खबर नगरिएको महामन्त्री शर्माले अनलाइनखबरसँग बताए ।

उक्त कार्यक्रममा विश्वप्रकाश नगएपछि एक अर्कामा विश्वास संकट झनै बढेको छ । ‘छोराले कार्यक्रम तय गर्न लगाएर बोलाउनु भन्दा सिटौला आफैंले बोलाएको भए के हुन्थ्यो र भन्ने विश्वप्रकाशलाई लाग्यो होला’, जिल्ला तहका नेता भन्छन् । जिल्लाको राजनीतिलाई पकडमा राखेका सिटौलाले आफ्नो विरासत छोराले निरन्तरता दिन सकोस् भन्ने चाहेको जिल्लाका नेताहरु ठोकुवा गर्छन् ।

सिटौला जिल्लामा शक्तिशाली रहेको महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिमा उनको बहुमतले पनि देखाउँछ । सिटौलाले सर्वाधिक पकड झापा–३ मा राखेका छन् । आन्तरिक पार्टीको निर्वाचनमा यही क्षेत्र निर्णायक रहेको थियो ।

विश्वप्रकाश निकट जिल्ला सभापतिका प्रतिस्पर्धी राम कट्टेलले अरु सबै क्षेत्रमा अग्रता कायम गरिरहँदा अन्तिममा झापा–३ को मतबाट थेबेसँग हारे । ‘सिटौला दाइको क्षेत्रमा पार्टीभित्रको विपक्षी समूहको नाम निशाना भेट्न गाह्रो छ’, सिटौला निकट जिल्ला नेता भन्छन् ।

झापामा कांग्रेसका ५ क्षेत्रीय सभापतिमा सिटौला पक्षको बहुमत छ । सिटौला पक्षबाट झापा–२ मा खगेन्द्र मैनाली, ३ मा गणेश पोखरेल र ४ मा जयनारायण साह विजयी भएका थिए । झापा–१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी र झापा–५ का ढुण्डीराज भण्डारी शर्मा निकट हुन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

२०७९ भाद्र १४, मंगलवार ०२:००
हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

२०७९ भाद्र १४, मंगलवार ०२:००
जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०७९ भाद्र १४, मंगलवार ०२:००
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०७९ भाद्र १४, मंगलवार ०२:००
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०७९ भाद्र १४, मंगलवार ०२:००
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०७९ भाद्र १४, मंगलवार ०२:००
Next Post
मधेश प्रदेश : एक महिनामै करोडौंको सामान बरामद

मधेश प्रदेश : एक महिनामै करोडौंको सामान बरामद

महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र

टिकटक बन्द अभियानमा उत्रे सप्तरीका युवाहरु

टिकटक बन्द अभियानमा उत्रे सप्तरीका युवाहरु

Discussion about this post

ताजा समाचार

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

सिरहा–२ मा काङ्ग्रेसको अभियान थप उत्साहजनक बनेको संकेत

२०७९ भाद्र १४, मंगलवार ०२:००
हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

हिन्दू धर्म रक्षा र हिन्दू राष्ट्रको एजेन्डा अघि सार्दै उमेदवार राम कुमार साह स्नातनी घर्दैलोमा

२०७९ भाद्र १४, मंगलवार ०२:००
जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०७९ भाद्र १४, मंगलवार ०२:००
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०७९ भाद्र १४, मंगलवार ०२:००
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०७९ भाद्र १४, मंगलवार ०२:००
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०७९ भाद्र १४, मंगलवार ०२:००
लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

२०७९ भाद्र १४, मंगलवार ०२:००
धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०७९ भाद्र १४, मंगलवार ०२:००
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

२०७९ भाद्र १४, मंगलवार ०२:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...