Nepal BBC
Saturday, May 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

मिडियालाई पनि ‘भाइरल’ सामग्री चाहिंदोरहेछ कि के हो ? यहाँ पनि ‘भ्यूज’, सेयर भन्ने हुँदोरहेछ । राजनीतिज्ञले चर्चा खोज्ने, मिडियाले भ्यूज खोज्ने, दुवैलाई जनताको ध्यान कसरी आकषिर्त गर्न सकिन्छ भन्ने हुँदा भाइरल प्रवृत्ति मौलाइरहेको छ ।

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १३, सोमबार ०१:४९
‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

Loading

संघीय संसद्मा माननीयहरूका अभिव्यक्ति नियाल्दा दुःख लाग्छ । उनीहरू सत्यको आधारमा तथ्य खोज्नेतिर लागेको पाइँदैन । संसद्मा के बोल्दा र सामाजिक सञ्जालमा के लेख्दा चर्चामा आउन सकिन्छ भन्ने उद्देश्यबाट उनीहरू प्रभावित भएको पाइन्छ । के भन्दा र लेख्दा, कस्तो शब्दमा अर्को पक्षलाई गाली गर्दा मिडियाले देख्छ भन्नेमा ध्यान दिए जस्तो लाग्छ ।

कानुन निर्माण जस्तो महत्वपूर्ण विषयमा पनि उडन्ते कुरा गरिराखेका हुन्छन् । भाइरल हुने चाहना माननीयहरूमा पनि देखिन्छ । विगतमा पनि यस्ता हुन्थ्यो तर, पछिल्लो पाँच वर्षको संसद्लाई नियाल्दा लोकप्रिय हुनका निम्ति विना अध्ययन र तयारी जस्तासुकै विषयमा जे पनि बोल्ने गरेको पाइन्छ ।

कहाँ कहाँबाट शब्द जोडजाड गरेर तिखो प्रहार गर्ने भन्ने अहमता देखाउन खोज्ने प्रवृत्ति निकै झाङ्गिएको छ । विगतमा पटक-पटक मन्त्री भएका, अझ प्रधानमन्त्री भएकाहरूमा समेत लोकप्रियताको लागि जे पनि बोलिदिने प्रवृत्ति मौलाउँदो छ । यो समस्याकै रूपमा आएको छ ।

डोनाल्ड ट्रम्पले लोकप्रियताका लागि के के गरे, त्यतातिर नजाऔं । हाम्रोमा ट्रम्पले जस्तै गगन थापाले अमेरिकी सेना आयो भने थानकोट कटाइदिनु भने । यति भनेपछि मिडिया र पब्लिकको ध्यान तान्न सकिन्छ भन्ने लाग्यो होला । दुःखको कुरा- नेपालमा राजनीतिज्ञहरूलाई यस्तोमा रस बसेको छ । राजनीतिज्ञहरू किन यस्तोमा रमाउन पुग्छन् भन्ने हामीले बुझ्नुपर्दछ ।

नेपालका राजनीतिक दलहरू एजेण्डाविहीन छन् । एजेण्डाविहीन दलका नेता र सांसदहरूसँग छुट्टै एजेण्डा हुने कुरा भएन । स्वयं नेता र सांसदहरूम्ाा केही अध्ययन गरेर बोल्ने प्रवृत्ति छँदैछैन । अध्ययन गर्ने हो भने देशमा अनेक समस्या छन् । समाधानको उपाय व्यक्तिगत रूपमा समेत दिन सकिन्छ ।

मुलुक समाजवाद उन्मुख भनिएको छ, समाजवादको बाटो कसरी समाउने हो ? मुलुकमा अनेक समस्या आइरहेका हुन्छन्, प्राकृतिक विपत्तिको सामना मुलुकले गरिरहेको हुन्छ । यस्तोमा जनतालाई राहत दिने कुरा हुन्छ । विकास र समृद्धिका मामिलामा ध्यान दिन सकिन्छ । भएका विकास निर्माणमा प्रश्नहरू छन् । सडक बाटोको दुर्दशा देशभर छ । कतिपय ठाउँमा पुगेकै छैनन् । ठेकेदारले आयोजना ओगटेर बसेका छन् । यस्तो विषयमा अध्ययन गरेर दीर्घकालीन समस्या समाधानको उपाय सुझाउन सकिन्छ । तर, यी सबैलाई बेवास्ता गर्दै अनियमितता र भ्रष्टाचारकै पक्षपोषणमा उभिंदा दलहरू एजेण्डाविहीन हुन पुगेका छन् ।

काठमाडौं सहरमै यावत् समस्या छन् । सडक समयमै निर्माण भएका छैनन् । फोहोरको समस्या वर्षौंदेखि छ । समाधानका लागि व्यवहारमा निरन्तर प्रयास गरेको देखिंदैन । काठमाडौंको त यस्तो हालत छ भने बाहिरको के होला ?

कानुन बनाउन आएका विधायकहरूले कानुन बनाउँदा जनतालाई कति सम्झिए ? विदेश नीतिमा कति अध्ययन गरे ? नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउन के कस्ता कानुनी र व्यावहारिक सुझाव दिए वा पहल गरे ? समाजमा पछाडि परेका समुदायको उत्थानका लागि के कति भूमिका निर्वाह गरे ? गरिबी निवारण र रोजगारी सिर्जनामा कत्तिको ध्यान दिए ? धारा-पानी, स्वास्थ्य र शिक्षाको बारेमा के कस्ता पहल गरे ? कस्तो कानुन बनाउन भूमिका निर्वाह गरे ? यी विषयमा सांसदले के कति काम गरे भनेर मापन गर्ने कुनै संयन्त्र छैन ।

पपुलिज्मलाई परास्त गर्न विचार निर्माता तातिएकै छन् । अब नीतिनिर्माता तातिनुपर्छ । राजनीतिमा भविष्य खोजिरहेकाहरूले जनताको चाहना के छ ? संविधानको मर्म अनुसार मुलुकलाई कसरी अगाडि बढाउने ? भनेर सोच्नुपर्दछ । खालि सस्ता कुराहरू गर्ने प्रवृत्तिले निश्चित समयमा आफैंमाथि प्रश्न उठ्ने छ भनेर मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले ख्याल गर्नुपर्छ

यी सबै कुरा गर्ने तर, गर्नका लागि गर्ने, केवल भाषण मात्रै गर्ने, माइक पाउँदा बोलिदिने, त्यस अनुसार पहल नगर्ने प्रवृत्ति छ । परिणाममा तथ्य एकातिर हुन्छ, बोली अर्कैतिर अझ चर्चित हुने गरी व्यक्त भइरहेको हुन्छ । यसको पछाडिको कारण हाम्रा माननीयको ध्यान कसरी चुनाव जित्ने, कसरी लोकप्रिय हुने, सामाजिक सञ्जालमा कसरी वाह्वाही पाउने, कसरी राष्ट्रवादी देखिने भन्नेमा केन्दि्रत देखिन्छ । मिडियाले पनि सांसदका पपुलर हुन बोलिएको अभिव्यक्तिलाई बढ्ता स्थान दिन्छ । सामाजिक सञ्जालको चासो यसमा अझ बढ्ता देखिन्छ । सामाजिक सञ्जालमा ‘पपुलर’ कुरा बोलेरै हिरो भएका छन् ।

युटुबरलाई दिनैपिच्छे अन्तर्वार्ता दिन पाए हिरो हुन्थें भन्ने भूत चढेको छ । अन्तर्वार्तामा के बोल्ने, तथ्य र सत्यको गहिराइ कति केलाउने भन्ने हुँदैन । केवल गालीका वषर्ा चलायो । मलाई दिए यसो गरिदिन्छु भन्यो, भाइरल भयो । सामाजिक संजालमा त्यसैले वाह्वाही पाउँछ । गम्भीर विषय उठाउने माननीयहरू पनि धेरै छन् । त्यस्ता विषयमा सञ्चारमाध्यमको चासो कम पर्दोरहेछ ।

मिडियालाई पनि भाइरल बोल्नेहरूकै सामग्री चाहिंदोरहेछ कि के हो ? मिडियामा पनि अहिले त भ्यूज, सेयर भन्ने हुँदोरहेछ । राजनीतिज्ञले चर्चा खोज्ने, मिडियाले भ्यूज खोज्ने, दुवैलाई जनताको ध्यान कसरी आकषिर्त गर्न सकिन्छ भन्ने हुँदा यो प्रवृत्ति मौलाइरहेको छ ।

यसको पछाडि हाम्रो निर्वाचन प्रणालीले पनि केही हदसम्म काम गरेको छ । हुनत संसारभर हाम्रै जस्तो निर्वाचन प्रणालीकै बढ्ता अभ्यास छ । भारतमा पनि यस्तै छ । हामीले अपनाएको निर्वाचन प्रणालीमा पनि केही त्रुटिहरू छन् । निर्वाचनलाई शक्तिमा जाने बाटो बनाइएको छ । भ्रष्टाचार गर्ने, पैसाको खोलो बगाउने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति पनि यसैसँग जोडिएर आएको हुन्छ । केही हदसम्म निर्वाचनमा हुने खर्चका कारणले कामभन्दा बढ्ता पैसा जम्मा गर्नुपर्नेतिर लाग्नुपर्ने बाध्यता कतिपयलाई परेको हुन सक्छ ।

त्यसो त, यो निर्वाचन प्रणालीको दोष भन्दा बढी जिम्मेवार हामीले गरेको व्यवहारगत अभ्यासको दोष छ । यसका पछाडि हाम्रो देशका मुख्य पार्टीका शीर्ष नेताहरूको सोच जिम्मेवार छ । मुख्य नेताहरूको देश विकासप्रति कति रुचि छ भन्ने माननीयहरूको पपुलर हुने लालसाले देखाउँदछ ।

वर्तमान सरकार आएको पनि एक वर्ष नाघ्यो । जनमुखी काम उत्पात भएको भान भएको छैन । केपी शर्मा ओलीले साढे ३ वर्ष दुई तिहाइ बहुमतले शासन गर्नुभयो । रेल आउँछ, हवाईजहाज आउँछ, ग्याँसको पाइप घरघरमा भन्नुभयो । भ्यूटार बनाउने, आयोजना शिलान्यास गर्ने लहर चल्यो । शिलान्यासमा गए पनि मैले गरेको, काम हुँदा अनुगमनमा गए पनि मैले गरेको, उद्घाटनमा गए पनि मैले गरेको, पचासौं वर्षदेखिको आयोजना सकियो भने पनि मैले गरेको । विकासको मूल फुटाएँ भन्यो, नारा लगायो । बोलिदिंदा हो जस्तै पारेपछि जनता पनि प्रभावित भइहाल्छन् ।

शक्तिबाट बाहिरिएपछि गर्न दिएनन् भनिदिने सोझा जनताले पत्याउने भइगए । मूल नेतृत्व नै पपुलर कसरी हुने भनेर लागेपछि अन्य नेता कार्यकर्ता कसरी एजेण्डा केन्दि्रत हुनु ? विदेशीहरू खेल गरिरहेका छन्, कुनै नियन्त्रण छैन । जसले जति भ्रष्टाचार गरे पनि राजनीतिक रूपमा संरक्षण गरिदिने, तिनैसँग पैसा लिएर चुनाव लड्ने । अरूले जे गरे पनि गलत देख्ने, आफूले गरेको गलतलाई सत्य भनेर प्रचार गर्ने । यस्तो प्रवृत्तिले कालान्तरमा व्यवस्था नै ‘कोल्याप्स’ गराउन सक्छ ।

सारमा भन्दा हाम्रो राजनीतिक नेतृत्वमा विचार र एजेन्डा नै रहेन । विचार नभएपछि अगाडि कसरी जाने भन्ने सोच हुने कुरा भएन । उल्टै लोकरिझ्याइँमा रम्ने प्रवृत्ति छ । लोकरिझ्याइँवादी प्रवृत्ति अन्यत्र नभएको होइन, संसारभरि छ । अमेरिकामा डोनाल्ड ट्रम्पले पपुलिजम्कै कुरा गरे । त्यहाँ स्थायी सरकारको प्रणाली बलियो भएका कारण राजनीतिक नेतृत्वको लोकप्रियतावादी रुझानले व्यवस्थालाई धक्का दिन सकेन । तर, हाम्रो जस्तो मुलुकमा समस्या छ ।

हुन त यस्तो प्रवृत्तिले संसारमै उथलपुथल गराइरहेको छ । आदर्श खोज्नु त निरर्थक जस्तो हुँदै गएको छ । तर, यसको लागि हामीले प्रयास भने छोड्नुहुन्न । नेताहरू इमानदार भइदिए, भ्रष्टाचारबाट मुक्त हुन खोजे भने लोकरिझ्याइँले भन्दा आदर्शले नै शासन गर्ने वातावरण बन्थ्यो । तर, नेताहरू आफैं शक्तिमा आउने र शक्तिको अभ्यास गर्ने स्रोत त्यही भ्रष्टाचार र अनियमितता हो भने ठान्दछन् । यो मूल समस्या हो ।

हाम्रा नेताहरू आसक्तिभन्दा पर बस्ने निष्ठावान हुनुपर्‍यो । अन्यथा, पपुलिजम्ले हामीले अपनाइरहेको शासन व्यवस्थामाथि प्रश्न उठ्न सक्छ । अर्थात्, यसले शासन व्यवस्थ्ाालाई नै घात गर्दैछ । अहिलेको पपुलिज्म हुने प्रवृत्ति निरन्तर अगाडि बढ्दा जनतामा थप वितृष्णा बढ्छ । नेताहरू मनलाग्दी जे पनि बोलिदिन्छन्, यो पनि गर्छु, त्यो पनि गर्छु भन्छन् तर, केही गर्दैनन् । भाषणमा स्वर्ग पटक-पटक देखाउने व्यवहारमा त्यस्तो नभएपछि वितृष्णा बढ्नु स्वाभाविक भइनै हाल्यो ।

चुनावमा ८०/९० पेजको घोषणापत्र बनाएको हुन्छ । त्यो कसले पढ्छ ? किताब लेखेको हो र Û लामो बनाएर आफू र पार्टीलाई नेतृत्वले पपुलर नै देखाउन खोज्दछन् । २/३ पेजको घोषणापत्र जनतामा पुर्‍याए भैहाल्छ । के के न गर्छु भनेर भएभरका पूरा नहुने र नगर्ने कुराको ठेली राखेर सत्तामा जाने प्रवृत्ति छ । ठेलीका ठेली लेख्ने काम नगर्ने भएपछि जनतामा वितृष्णा, अविश्वास पैदा हुनै नै भयो ।

यस्तो अवस्थामा जनतामा अविश्वास नेताप्रति मात्रै हुँदैन, पार्टीप्रति र व्यवस्थाप्रति नै पैदा हुन्छ । व्यवस्था नै यस्तो रहेछ भन्ने जनतामा पर्‍यो भने के हुन्छ ? जनतामा विस्तारै भरिंदै गएको असन्तोष विस्फोट हुन्छ । त्यतिबेला के हुन्छ ? कसले त्यो असन्तोषको नेतृत्व गर्छ ? नेतृत्व गर्नेले अहिलेको व्यवस्था फालेर के ल्याउने ? एजेण्डा के हुने ? त्यो पनि गाह्रो छ । किनभने मुलुकले अहिले अवलम्बन गरेको गणतन्त्रात्मक शासन व्यवस्था भन्दा ठूलो के हुन्छ ? संविधानमा त धेरै कुरा लेखिएको छ, कार्यान्वयन पो हुन नसकेको हो त ।

जनताका इच्छा, आकांक्षा र एजेण्डामा आधारित राजनीति सबै लत्याउने अभ्यास घातक हुनसक्छ । भाषणमा मात्रै नभएर चुनावी घोषणापत्र, पार्टीका आधिकारिक दस्तावेजका साथसाथै संसद्बाट बनाइएका ऐन, नियम र नियमावलीमा समेत लोकप्रिय विषय राख्ने तर, व्यवहारमा लागू नगर्ने प्रवृत्ति हावी हुन पुगेको छ । राजनीतिक नेतृत्व र सांसदहरू चर्चित हुन खोजिरहँदा संसद् काम भन्दा बढ्ता भाषण र भाषण गरेर शासन गर्ने प्रवृत्ति र पात्रहरूको छायाँ बन्न पुगेको छ ।

लोकरिझ्याइँबाट मुलुक र राजनीतिक नेतृत्वलाई सच्याउन फेरि पनि राजनीतिक नेतृत्व नै तयार हुनुपर्छ । मिडिया, नागरिक समाजले बोलिरहेकै छन्, यसलाई निरन्तरता दिनुपर्ने हुन्छ । हामी पनि कराइरहेका छौं, हाम्रो भूमिका यही हो । हामी विचार निर्माता हौं, नीतिनिर्माता होइनौं ।

पपुलिज्मलाई परास्त गर्न विचार निर्माता तातिएकै छन् । अब नीतिनिर्माता तातिनुपर्छ । राजनीतिमा भविष्य खोजिरहेकाहरूले जनताको चाहना के छ ? संविधानको मर्म अनुसार मुलुकलाई कसरी अगाडि बढाउने ? भनेर सोच्नुपर्दछ । खालि सस्ता कुराहरू गर्ने प्रवृत्तिले निश्चित समयमा आफैंमाथि प्रश्न उठ्ने छ भनेर मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले ख्याल गर्नुपर्छ ।

एजेण्डा आधारित राजनीति हुनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा के गर्ने हो ? प्रष्ट भन्नुपर्छ । चुनाव जिते पनि नजिते पनि कार्यान्वयन गर्न दबाब दिएर आफ्नो एजेण्डा स्थापित गराउनुपर्छ । त्यही कुरा आफूले गर्दा ठीक र अरूले गर्दा बेठीक भनेर विना आधार विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्छ । सबै पार्टी र मूल नेतृत्व जति छिटो सच्चिन्छन्, त्यति छिटो लोकरिझ्याइँ परास्त हुनेछ ।

(राजनीतिशास्त्रका प्राध्यापक डा.लोकराज बरालसँग रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र १३, सोमबार ०१:४९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ भाद्र १३, सोमबार ०१:४९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र १३, सोमबार ०१:४९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र १३, सोमबार ०१:४९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र १३, सोमबार ०१:४९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र १३, सोमबार ०१:४९
Next Post
जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि को–को छन् आकांक्षी ?

जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि को–को छन् आकांक्षी ?

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

जनकपुरमा तीनवटा औषधि पसल सिल

जनकपुरमा तीनवटा औषधि पसल सिल

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०७९ भाद्र १३, सोमबार ०१:४९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०७९ भाद्र १३, सोमबार ०१:४९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०७९ भाद्र १३, सोमबार ०१:४९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०७९ भाद्र १३, सोमबार ०१:४९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०७९ भाद्र १३, सोमबार ०१:४९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०७९ भाद्र १३, सोमबार ०१:४९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०७९ भाद्र १३, सोमबार ०१:४९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०७९ भाद्र १३, सोमबार ०१:४९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०७९ भाद्र १३, सोमबार ०१:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.