Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १७:०२
गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

Loading

पोखरा । गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।

समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ ।

यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ ।

स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक/स्रोता मन्त्रमुग्ध हुने गरेका छन् ।

यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।

महेश सिंह

महेश सिंह

Related Posts

ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

२०७९ भाद्र १२, आईतवार १७:०२
लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

२०७९ भाद्र १२, आईतवार १७:०२
कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

२०७९ भाद्र १२, आईतवार १७:०२
खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

२०७९ भाद्र १२, आईतवार १७:०२
लहानमा नव आगन्तुक विद्यार्थीका लागि भव्य स्वागत समारोह

लहानमा नव आगन्तुक विद्यार्थीका लागि भव्य स्वागत समारोह

२०७९ भाद्र १२, आईतवार १७:०२
लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

२०७९ भाद्र १२, आईतवार १७:०२
Next Post
९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ भाद्र १२, आईतवार १७:०२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ भाद्र १२, आईतवार १७:०२
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ भाद्र १२, आईतवार १७:०२
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ भाद्र १२, आईतवार १७:०२
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ भाद्र १२, आईतवार १७:०२
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ भाद्र १२, आईतवार १७:०२
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ भाद्र १२, आईतवार १७:०२
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ भाद्र १२, आईतवार १७:०२
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ भाद्र १२, आईतवार १७:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.