Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १७:१८
महिनावारी पेन्टी : नेपाली जुक्ति, विदेशी ब्रान्ड

Loading

काठमाडौं । महिनावारी नियमित र प्राकृतिक प्रक्रिया त हो, तर सहज भने होइन । यो हरेक महिलाको लागि एक झन्झटिलो क्षण हो ।

महिनावारी पीडाको आफ्नै कथा–व्यथा छ । त्यसबेला हुने रक्तश्रावले महिलालाई असजिलो बनाउँछ । विद्यालयमा पढिरहेको बेला, बजारमा किनमेल गरिरहेको बेला, घुमफिर गरिरहेको बेला वा रमाइलो जमघट गरिरहेको बेला, जहाँ पनि जहिले पनि महिनावारी हुन सक्छ । यस्तोबेला के गर्ने ?

अधिकांशले प्याड बोकेर हिंड्दैनन् । सबैतिर प्याड पाउने अनुकूलता हुँदैन । त्यसैले रक्तश्राव भएर कपडामा छिचोलिन्छ । यसलाई कसरी ढाकछोप गर्ने ? महिलाहरुलाई तनाव हुन्छ ।

यस्तो झन्झटबाट मुक्ति दिलाउँछ, महिनावारी पेन्टीले ।

यो कस्तो पेन्टी हो ? कसरी प्रयोग गरिन्छ ? कति प्रभावकारी छ ? यी प्रश्नहरुको उत्तरसँगै एउटा घतलाग्दो कथा पनि जोडिन आइपुग्छ । किनभने ‘वुका’ ब्रान्डमा उपलब्ध यो पेन्टीको अवधारणा एक नेपाली युवतीको दिमागमा फुरेको हो । जबकि, यसले अहिले विश्व बजारमै व्यापकता पाइरहेको छ । खासगरी बेलायतमा यो पेन्टीको उपयोगिता तीव्र रुपमा बढ्दो छ ।

वुका महिनावारी पेन्टी तयार गर्ने जुक्ति कसरी आयो ? यो कसरी विश्वव्यापी बन्दै गएको छ ? त्यो कथा सुरु गर्नुअघि वुका पेन्टीका केही आधारभूत पक्षबारे चर्चा गरौं ।

सेनिटरी प्याडको तुलनामा यो बढी उपयोगी भएको दाबी गर्छिन्, वुका नेपालकी सञ्चालक एलिजा राउत । महिनावारी पेन्टी एउटा लगाएपछि अतिरिक्त प्याड, कप केही जरुरत हुँदैन । यो पेन्टी शतप्रतिशत सुतीको कपडाबाट बनेको हुन्छ । यो महिनावारी पेन्टीले धेरै रगत सोस्न सक्ने र रगत चुहिएर कपडामा नलाग्ने उनी बताउँछिन् ।

‘महिनावारी कपलाई त पुनः प्रयोग गर्न मिल्छ,’ राउत भन्छिन्, ‘तर प्याड पुनः प्रयोग गर्न मिल्दैन, यसले वातावरणलाई पनि दूषित बनाउने भएकाले प्याडको विकल्पमा यो एकदमै प्रभावकारी हुन सक्छ ।’

महिनावारी कप प्रयोग गर्न अहसज मान्नेका लागि पनि यो पेन्टी बढी उपयोगी हुन सक्छ । किनभने महिनावारी पेन्टी सामान्य पेन्टी झैं प्रयोग गर्न सकिन्छ । साथै, यो पेन्टी वातावरणमैत्री पनि छ ।

नेपाली जुक्ति

वुका नेपालकी सञ्चालक एलिजा गौतम

महिनावारीका बखत सहज रुपमा प्रयोग गर्न सकिने, प्रभावकारी र दीर्घकालीन पेन्टी तयार गर्ने जुक्ति कसरी फुर्‍यो त ?

खासमा यो अवधारणा रुबी राउतको दिमागमा फुरेको रहेछ ।

उनी पर्यावरण विज्ञानकी विद्यार्थी । अनि महिला पनि । महिला भएको कारण महिनावारीका बखत सेनिटरी प्याड प्रयोग गर्नैपर्ने, यस्तो प्याड प्रयोग गरिसकेपछि त्यसले वातावरण दूषित बनाउँछ भन्ने उनलाई हेक्का थियो । एक पटकको मासिक श्रावमा एउटी महिलाले दिनहुँ दुई–तीनवटासम्म प्याड प्रयोग गर्छन् । मासिक श्रावको सामान्य अवधि चार दिन हो ।

विश्वभरका महिलाले यसरी नै सेनिटरी प्याड प्रयोग गर्दै मिल्काउँदा त्यसले पर्यावरणलाई कति दूषित बनाउँछ होला ? यसको कुनै हिसाबकिताब राखेर साध्य छैन । अर्कोतिर प्याडको प्रयोग त्यति धेरै प्रभावकारी पनि नहुने । उनले यी दुवैको समाधान खोज्न एउटा यस्तो पेन्टीको अवधारणा बनाए, जो महिनावारीको बेला प्रयोग गर्न सहज होस् र वातावरणमैत्री पनि ।

अन्ततः तयार भयो ‘वुका पिरियड पाइन्ट’ ।

महिनावारीमा प्रयोग गरिने त्यही पेन्टी आज विश्व बजारमा प्रवेश गरिसकेको छ । सन् २०१७ मा बेलायतमा स्थापना भएको वुका महिनावारी पेन्टी अहिले महिनावारी प्याडको रूपमा त्यहाँ सबैभन्दा बढी बिक्री हुने गरेको वुका नेपालकी एलिजा बताउँछिन् । ‘अन्तर्राष्ट्रिय रूपमा पनि यो महिनावारी पेन्टी तेस्रो नम्बरमा पर्छ,’ उनी भन्छिन् ।

अन्तर्राष्ट्रिय रूपमा धेरै रुचाइएको यो महिनावारी पेन्टी नेपालमा पनि किन नभित्र्याउने भनेर एलिजाले नेपालमा पनि यसलाई भित्र्याइन् । नेपालीले बनाएको सामान त्यहीमाथि आफ्नै बहिनीले बनाएको यो उपयोगी पेन्टीलाई नेपालमा भित्र्याउन पाउँदा एकदमै खुसी लागेको उनी बताउँछिन् ।

‘हाम्रो समयमा नेपालमा प्याड उपलब्ध थिएन, मम्मीले बनाइदिनु भएको कपडाको प्रयोग गर्नुपर्थ्यो । पेन्टी पनि धेरै साइजमा उपलब्ध थिएन, जसले गर्दा पेन्टीबाट कपडा सर्ने र रगत चुहिने कपडा नै निस्कने समस्या हुन्थ्यो,’ राउत भन्छिन्, ‘अहिले प्याडहरू सजिलै उपलब्ध छ । तर यसको प्रयोगले विभिन्न इन्फेक्सन हुने भएकोले महिनावारी पेन्टी एकदमै उपयोगी हुन्छ ।’

नेपाली महिलाले बनाएको यो महिनावारी पेन्टीलाई नेपालमै बनाउन सकिन्छ छ कि भनेर एलिजा र रुबी मिलेर दुई वर्षअघि ‘रिसर्च’ पनि गरेका थिए । दुई वर्षअघि यस्तो पेन्टी उत्पादन गर्ने नेपालमा कुनै कम्पनी थिएन । त्यसैले नेपालमै बनाउने उनीहरुको सपना भने अधुरै रह्यो । नेपालमै बनाउन सकिन्छ कि भनेर अहिले पनि प्रयास जारी रहेको रुबी बताउँछिन् ।

कुनै पनि नयाँ बिजनेस सुरु गर्दा, नयाँ सामान बजारमा ल्याउँदा त्यसलाई स्थापित गर्न गाह्रो हुने त भइहाल्यो । परीक्षण गर्नुपर्‍यो, मान्छेलाई मनपर्ने डिजाइन बनाउनुपर्‍यो, महिनावारी पेन्टी भनेको के हो भनेर बुझाउनु पनि पर्‍यो । यिनै काम गर्दा उनीहरुको दुई वर्ष बित्यो ।

राउत भन्छिन्, ‘मैले पनि नेपालमा यो पेन्टी एक वर्षअघि नै ल्याएको थिएँ । तर यसले काम गर्छ र ? भनेर धेरैले प्रश्न गर्नुभयो । तर अहिले जसले पनि किनेर लैजानुभएको छ । उहाँहरूले एकदमै राम्रो छ भनेर प्रतिक्रिया दिइरहनुभएको छ ।’

यो महिनावारी पेन्टीलाई पुनः प्रयोग गर्न मिल्ने भएकाले प्याडको तुलनामा सस्तो पनि पर्न आउँछ । यसलाई धोएर फेरि प्रयोग गर्न मिल्ने भएकोले परिवर्तन गरेर कहाँ फाल्ने भन्ने तनाव पनि भएन । त्यसैले सेनिटरी प्याडलाई यसले प्रतिस्थापन गर्न सक्छ । जसलाई महिनावारी कप प्रयोग गर्न डर लाग्छ । उनीहरूको लागि पनि यो उपयोगी हुने राउत बताउँछिन् ।

वुका महिनावारी पेन्टीले यसै वर्ष ‘क्विन अवार्ड फर इन्टरप्राइजेज सस्टनेबल डेभलपमेन्ट’ जितेको छ । महिनावारीमा प्रयोग गर्न सकिने वातावरण मैत्री तथा दिगो उत्पादनको रूपमा वुकाले अवार्ड जितेको हो ।

महिनावारी पेन्टीलाई यसरी सफा गर्ने 

महिनावारी पेन्टीलाई धुँदा केही समय भिजाउनुपर्छ । भिजाएपछि पेन्टीले सोसेको रगत बाहिर निस्कन्छ । त्यसपछि साबुनपानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ । सुकाउँदा उल्टो पार्नुपर्छ । यसो गर्दा यसमा भएको कीटाणु मर्छ ।

मूल्य कति ?

एउटा महिनावारी पेन्टीलाई नेपालमा १२ सय रुपैयाँ पर्छ । यसलाई धोएर पुनः प्रयोग गर्न मिल्छ । यसको आयु दुई वर्ष हुन्छ । त्यसपछि पछि पनि थोरै रगत गएको बेला प्रयोग गर्न मिल्छ । सेनिटरी प्याड समय–समयमा परिवर्तन गरिरहनुपर्ने र पुनः प्रयोग गर्न नमिल्ने भएकाले तुलनात्मक रूपमा हेर्दा प्याड भन्दा यो सस्तो पर्छ ।

टिकटकले प्रयोगकर्ता बढायो

नेपालमा पनि वुका महिनावारी पेन्टीलाई पछिल्लो समय निकै रुचाएको पाइन्छ । वुका नेपालले अनलाइन मार्फत यसलाई बिक्री गरिरहेको छ । २०७८ मा नै वुका नेपाल भित्रिएको भए पनि यसको प्रयोगकर्ता एकदमै कम थिए । तर २०७९ मा वुकाले सामाजिक सञ्जाल विशेषगरी टिकटक अकाउन्ट मार्फत यसबारे जानकारी दिन थाल्यो । त्यसपछि यसलाई धेरैले रुचाएको र बिक्री पनि एकदमै बढेको राउत सुनाउँछिन् ।

तस्वीर : आर्यन धिमाल

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १२, आईतवार १७:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १२, आईतवार १७:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १२, आईतवार १७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १२, आईतवार १७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १२, आईतवार १७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १२, आईतवार १७:१८
Next Post
पोखरामा खुला नाला, जोखिममा बालबालिका

पोखरामा खुला नाला, जोखिममा बालबालिका

बाआमा र घरहरू

बाआमा र घरहरू

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

Discussion about this post

ताजा समाचार

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ भाद्र १२, आईतवार १७:१८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ भाद्र १२, आईतवार १७:१८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ भाद्र १२, आईतवार १७:१८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र १२, आईतवार १७:१८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र १२, आईतवार १७:१८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र १२, आईतवार १७:१८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र १२, आईतवार १७:१८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ भाद्र १२, आईतवार १७:१८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ भाद्र १२, आईतवार १७:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.