Nepal BBC
Sunday, April 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

महेश सिंह by महेश सिंह
२०८१ असार ५, बुधबार १६:४८
यौनिक लैङ्गिक अल्पसङ्ख्यकले सयौको संख्यामा लहानमा प्राईड दिवस मनायो

Loading

असार ५ लहान – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ब्यक्तीहरुले सिरहाको लहानमा भब्य कार्यक्रम सम्पन्न गरेको छ। जिबन ज्योति समाज सिरहा लहानले आयोजना गरेको कार्यक्रममा सिरहा सप्तरी धनुषाको सयौं यौनिक अल्पसङ्ख्यक समुदायका तेस्रो लिङ्गी महिला पुरुषहरुको उल्लेखनीय उपस्थिति रहेको लहान सिरहाका कार्यालय प्रमुख लक्ष्मेश्वर यादवले बताए। लहान नगरपालिका वडा नम्बर ८ बाट निकालीएको रयाली लहान बजारको पुर्व पश्चिम् लोक राजमार्ग हुँदै नगरपालिकाको कार्यालयको परिसमा गएर कार्यक्रम सम्पन्न गरेको थियोे।

कार्यक्रममा सहभागीहरु बेउली झैं सिङ्गारिएकी थिइन। एक अर्कामा खुलेर रमाउदै गरेको थियो।आजको दिनलाई विशेष पर्वको रूपमा लिने गरेका छन्। विभिन्न ठाँउबाट जम्मा भएका ऊनीहरु ठुलो  भोजको ब्यवस्था गरि मिलिजुली भोज खाने प्रमपरा रहेको यादवले बताए।
नेपालको संविधानले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरूले भेदभाव भोग्नुपरेको र अन्य सरह समानताको अनुभव गर्न नपाएको बताउने गर्दछन्।

संविधानको धारा १२, १८ र ४२ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषयमा बोले पनि नागरिकता लिनेदेखि वैवाहिक समानता र शिक्षा पाउने जस्ता विषयमा विभेद सहनु परेको उनीहरूको भनाइ छ।

संविधानको धारा १८ को २ मा “सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म,वर्ण,जात,जाति, लिङ्ग, शारीरिक अवस्था,अपाङ्गता,स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था,भाषा वा क्षेत्र,वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन” भन्ने लेखिएको छ।

अभियानकर्मी भूमिका श्रेष्ठ भन्छिन्, “हाम्रो समुदायका मानिसले नागरिकता लिन मेडिकल प्रमाण देखाउनु परिरहेको छ, जबकी कुनै महिला वा पुरुष गयो भने त त्यो गर्नु पर्दैन। यो एकदमै समस्या भइरहेको छ।”

“नागरिकता लिन जाँदा यो समुदायको भन्ने प्रमाण के छ भन्ने प्रश्न सोधिँदा थुप्रै साथीहरू आफ्नो पहिचान खुलाएर नागरिकता लिनबाट वञ्चित भएका छन्।”

पहिला पुरुषका रूपमा नागरिकता लिइसकेकी भूमिकाले तेस्रो लिङ्गीका रूपमा नागरिकता लिन सङ्घर्ष गर्नुपरेको उनी बताउँछिन्। उनले सन् २०१५ मा तेस्रो लिङ्गीको पहिचानसहित नागरिकता लिएकी थिइन्।

‘कानून नबन्दा विवाह गर्न पाएनौँ’

जनगणनामा यौनिक अल्पसङ्ख्यकद्वारा पहिचानको माग

नागरिकताबाहेक आफ्नो इच्छा अनुसार विवाह गर्न कानुनी मान्यता नपाइनु अर्को विभेद भएको उनी बताउँछिन्।

“हाम्रो समुदायका साथीहरू आ-आफ्ना जोडीसँग वर्षौँदेखि बस्नुभएको छ तर कानुनी मान्यता नपाउँदा सम्पत्तिलगायत कुनै पनि मौलिक अधिकारको सदुपयोग गर्न पाउनु भएको छैन,” उनले भनिन्।

यस समुदायका मानिसलाई विद्यालयबाट निकालिने, भर्ना लिन नमान्ने वा परीक्षा दिन नदिइने विषय पनि निरन्तर रूपमा देखा परिरहेको उनी बताउँछिन्।

नेपालको सर्वोच्च अदालतले २०६४ सालको पुसमा पहिचानका आधारमा तेस्रो लिङ्गीलाई नागरिकता दिन भनेर आदेश दिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,पानीका लागि शरीर बेच्न बाध्य केन्याका महिलाहरू सन् २०७८ मा गरिएको जनगणनामा पहिलो पटक महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको थियो।

उक्त जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक कति रहेका छन् भन्ने तथ्याङ्क सार्वजनिक हुन बाँकी नै छ। तर अभियानकर्मीहरू भने नेपालमा अहिलेसम्म यस्तो समुदायमा छदेखि सात लाखसम्म भएको हुनसक्ने ठान्छन्।

जनगणनामा विभेदको आरोप: ‘अन्य’ मा मेरो लैङ्गिक पहिचान अटाउँदैन

नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दो, पुरुषभन्दा महिलाको सङ्ख्या बढी

यीमध्ये लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्र विविधताभएका मानिसहरू छन्। त्यस्ता फरक फरक पहिचान भएकाहरूलाई अङ्ग्रेजीमा लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्विअर भन्ने गरिन्छ।

उनीहरू पहिचान र शरीरका आधारमा कसरी फरक हुन् भनेर हामीले यही समुदायका मानिसहरूलाई सोधेर यो विवरण तयार पारेका छौँ।

१। लेस्बियन (समलिङ्गी महिला) जब एक महिला अर्को एक महिलासँग मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रूपमा आकर्षित हुन्छिन् त्यसलाई लेस्बियन अर्थात् समलैङ्गिकता भएका महिला भनिन्छ।यसमा उनीहरू शारीरिक रूपमा महिला नै हुन्छन्। लवाइ र अन्य व्यवहारमा उनीहरू आफ्नो चाहना अनुसार पुरुष जस्तो देखिने पनि हुनसक्छन्।

२। गे (समलिङ्गी पुरुष)

जब एक पुरुष अर्को पुरुषसँग नै मानसिक, शारीरिक, भावनात्मक र प्रणयात्मक रुपमा आकर्षित हुन्छ त्यसलाई गे अर्थात् समलैङ्गिकता भएको पुरुष भनिन्छ। यसमा पनि उनीहरू पुरुष नै देखिन्छन्। तर कतिपय भने इच्छा अनुसार महिला जस्तो देखिन पनि खोज्छन्।

३। बाइसेक्सुअल (दुई लिङ्गी)

यो किसिमका व्यक्तिहरू शारीरिक रूपमा महिला वा पुरुष भएर महिला वा पुरुष वा दुवैप्रति आकर्षित हुने गर्छन्। यसमा महिला वा पुरुष दुवै हुन्छन् र उनीहरू महिला र पुरुष दुवै लिङ्गीप्रति आकर्षित हुन्छन्। र, शारीरिक रूपमा उनीहरू जे पहिचानका हुन् त्यस्तै देखिन्छन्।

तेस्रो लिङ्गी न्यायाधीशको ‘सर्वोच्च सपना’

तेस्रो लिङ्गीलाई फौजमा नलिने आदेशमाथि रोक

४। ट्रान्सजेन्डर (पारलैङ्गिक)

जब कोही जन्मिँदा बालक वा बालिका भएर जन्मिन्छ तर हुर्किँदै जाँदा आफूलाई त्यस विपरीत महिला वा पुरुष भएजस्तो महसुस हुन्छ यसलाई ट्रान्सजेन्डर महिला वा ट्रान्सजेन्डर पुरुष भनिन्छ। जन्मिँदा शारीरिक रूपमा बालक भएर पनि हुर्किँदा बालिकाको जस्तो रुची देखिने र बढ्दै जाँदा महिला जस्तो देखिन चाहन्छन्। उनीहरूको आकर्षण पनि पुरुषसँग हुन्छ। त्यस्तै बालिका भएर जन्मिए पनि पुरुषजस्तो देखिन चाहने र महिलासँग आकर्षण हुने गर्छ। उनीहरूले इच्छा अनुसार शल्यक्रिया मार्फत् आफ्नो लिङ्ग परिवर्तन पनि गर्ने गर्छन्।

५। इन्टरसेक्स (अन्तर्लिङ्गी)

जन्मिँदा दुवैवटा यौनाङ्ग( केटा र केटी वा स्पष्ट नभइ) जन्मिएकालाई अन्तर्लिङ्गी भनिन्छ। अन्तर्लिङ्गीभित्र पनि विविधता छ। कतिको यौनाङ्ग दुवै देखिए पनि प्रजनन ग्रन्थीहरू विकसित भएको वा नभएको हुनसक्छ। यी मानिसहरू आफू हुर्किँदै जाँदा महिला वा पुरुष जे महसुस गर्छन् त्यसै अनुसार आफ्नो इच्छा निर्धारण गर्छन्।

क्विअर: क्विअर भनेको एउटा यौनिक अल्पसङ्ख्यकलाई समग्र रूपमा बुझाउने विस्तारित ‘अम्ब्रेला टर्म’ हो। जस्ले आफ्नो पहिचान वा शारीरिक चाहना तय गर्न सक्दैन। अर्थात् जो मानिसले आफूलाई ट्रान्सजेन्डर, लेस्बियन, गे, बाइसेक्सुअल वा इन्टरसेक्स भनेर यकिन गर्न सक्दैनन् वा चाहँदैनन् उनीहरू आफूलाई क्विअर भन्न रुचाउँछन्। क्विअरको क्यूलाई क्वेस्चन अर्थात् प्रश्न भनेर पनि बुझिन्छ। अर्थात् जसको मनमा आफ्नो पहिचान र शारीरिक चाहनालाई लिएर थुप्रै प्रश्न छ उसले आफूलाई क्विअर भनेर चिनाउँछ।

जून महिनालाई यौनिक अल्पसङ्ख्यकहरूले ‘प्राइड मन्थ’का रूपमा मनाउने र सार्वजनिक परेड गर्ने गर्छन्। नेपालमा पनि यसै महिना ‘प्राइड परेड’को आयोजना गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ असार ५, बुधबार १६:४८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ असार ५, बुधबार १६:४८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ असार ५, बुधबार १६:४८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ असार ५, बुधबार १६:४८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ असार ५, बुधबार १६:४८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ असार ५, बुधबार १६:४८
Next Post
लहानमा योग दिवस मनायो

लहानमा योग दिवस मनायो

लहानमा निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण

लहानमा निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रममा रमाउदै बिद्यार्थी

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रममा रमाउदै बिद्यार्थी

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ असार ५, बुधबार १६:४८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ असार ५, बुधबार १६:४८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ असार ५, बुधबार १६:४८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ असार ५, बुधबार १६:४८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८१ असार ५, बुधबार १६:४८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८१ असार ५, बुधबार १६:४८
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८१ असार ५, बुधबार १६:४८
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८१ असार ५, बुधबार १६:४८
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८१ असार ५, बुधबार १६:४८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.