लहान – नेपाल निजामती कर्मचारी संगठनको मधेस प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको लहानमा सुरु भएको एक दिव्य कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका संघीय प्रदेश स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
संगठनका मधेस प्रदेश अध्यक्ष जित नारायण भक्तको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला रहनु भएको आयोजक समितिका प्रतिनिधि किशोरी यादवले जानकारी दिनु भयो।
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा संगठनमा आवद्ध सयौं निजामती कर्मचारीहरुको कार्यक्रममा सहभागिता रहेको थियोे।
प्रमुख अतिथि लेखनाथ कोईरालाका अनुसार अन्याई नगर्ने संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन हो। सबै कर्मचारीलाई तहगत र सम्मान हिसाबले राखने बताए। कर्मचारी मैत्रीपुर्णको बनाउन संगठित हुनु जरुरी रहेको बताए। बैंक तथा लघुबित संस्थाको कर्मचारीहरु जस्तै निजामती कर्मचारीको सेवा सुधामा पुर्याउन नेपाल सरकार संग आग्रह गरेका थिए।
निजामती कर्मचारीलाई श्रमको शोषण नगर्न समाजिक सुरक्षाको कुरामा जोड दिनु भयो।संघीय कर्मचारीलाई समायोजनको लागी मौका दिनुपर्ने बताए। संसोधन ७९ वटामा बुदामा संसोधन प्रस्ताव गर्नुपर्ने बताए। नागरिक लगानी कोष लगायतका सेवामा सुधार गर्नु पर्ने जोड दिएका थिए। अन्तर प्रदेशमा सरुवाको ब्यवस्था राज्यले गर्नु पर्नेमा जोड दिएका थिए।
नेपाल निजामती कर्मचारी संगठनका सिरहा जिल्ला अध्यक्ष राज कुमार रायको विशेष पहल र नेतृत्वमा भएको युवा नेता दिनेश यादवले बताए। सहभागीहरुलाई प्रशिक्षण केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला र भवानी न्यौपाने दहाले सहजीकरण गरेको सालु मिश्राले जानकारी दिनु भयो।
पुर्व मन्त्री लिलानाथ श्रेष्ठले अधिकार प्राप्तिको लागी संगठन रहेको भन्दै ससक्त तरिकाले लाग्नुपर्छ समय अनुसारले परिवर्तन हुन्छ र हामी अगाडी बढनु पर्छ। ब्यक्तिगत हिसाबले हैन संस्थागत हिसाबले अगाडी गयो भने संस्था पार्टी संघ कोडिनेशन गरे अगाडी बढन हाम्रो कर्मचारी सबै उत्कृष्ट हिसाबले जानु पर्ने सुझाव गर्दै बताए।
Discussion about this post