– वैदेशिक रोजगारीमा साउदी पुगेका सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेखपुरका २४ बर्षको राम कुमार साहलाई मृत्युु भएको छ।बुवा सीता राम साह र आमा पुतली कुमारी साहको दुई छोरा मध्ये जेठो छोरा राम कुमार साहलाई साउदीमा आफ्नै काल गतिले मृत्यु भएको थियो।
मृतक साहको घरको आर्थिक अवस्था निकै कमजोर हुँदा उनले वैदेशिक रोजगारीको लागी साउदी पुगेका थिए। ठुलो सपना बोकेर स्वदेश बाट बिदेशीएका साहको सपना अधुरो रहियो उनले आफै संसारबाट अलबिदा भएको परिवारजनले बताए।
स्वदेशबाट बिदेश गएको २ बर्ष नबितदै साहको मृत्युु भएको खबरले परिवारमा निकै ठुलो बज्रपात खसेको छ। छोराको शोकमा डुबेका आमा र बुबालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित आमा बुबालाई छोराको क्रिया खर्च सहित मृत्यु दाबी भुक्तानी अन्तर्गत १४ लाख रुपैया बराबरको माछापुच्छ्रे बैंककको चेक हस्तान्तरण गरेको हो।
शाहको मृत्युु २०७९ चैत २८ गते साउदीमा भएको थियोे।सब नेपाल ल्याएर दाह संस्कार क्रिया कर्म सम्पन्न भए पछि इन्स्योरेन्स कम्पनीले शोक बुलाउन पत्रकार महेश सिंहको रोहवरमा मृतकको बुवा आमा लाई १४ लाख रुपैयाको चेक हस्तान्तरण गएका मृतको भिनाजु दिपेन्द्र प्रसाद साहले जानकारी दिनु भयो।
Discussion about this post