महेश सिंह सिरहा लहान २६ श्रावण – नवराजपुर गाउँपालिका वडा नम्बर ३ मझौरा गाउँका दलित समुदायका बिलटु मोची लगायत ३ जना गम्भीर घाइते भएको थियोे।उनको मुद्दा दर्ता नगर्दा स्थानीय जनता आक्रोशित भएका छन्।
हालै भएको सार्बजनिक पोखरीको ठेक्का लगाउने निर्णयको विषय स्थानीय शिव राम यादव लगायतका ब्यक्तीहरुले नमान्दा जसपा बाहेकका राजनीति ब्यक्तीहरुको एक समुहले स्थानीय सरकारलाई कुनै जानकारी नगराई पालिका अध्यक्ष शिव उदगार यादव काठमाडौं गएको बेला एकासी पालिकामा हुलहुजत र तालाबन्दी गर्न लाग्दा दोहोरो झडप भएको थियो।
झडपमा स्थानीय शिव राम यादवलाई हातको हडि भाचिएको थियो।उक्त विषयमा जसपाका ३ जना माथी ज्यान मार्ने उधोग मुद्दा दर्ता गराएका छन्।सोही विषयलाई लिएर जसपाका संजिब कुमार यादव लगायत ३ जना माथी ज्यान मार्ने उधोग मुद्दा दर्ता भएको प्रति स्थानीय जनता आक्रोश भएका छन्।
३ जना माथी लगाएको मुद्दा खारेज गरे झुठा मुद्दा हो भन्दै स्थानीय जनताले ईलाका प्रहरी कार्यालय मेहेशपुर पतारीको कार्यालय अगाडी दाईर गरेको मुद्दा खारेजीको माग गर्दै दलित समुदायको बिलटु मोची लगायत ३जना माथी गरेको निर्घात कुटपिट गर्ने ब्यक्ती माथी मुद्दा दर्ता गर्नु पर्छ भन्दै घुस्याहा प्रहरी निरीक्षक केशव कटुवाल मुर्दा बाद,पीडित लाई न्याय देउ भन्दै आज ३ दिन देखि ईलाका प्रहरी कार्यालय अगाडी सयौंको संख्यामा प्रदर्शन गरेका छन्।
दलित समुदायका ब्यक्तीले न्याय पाएन भने अन्बरत रूपमा प्रदर्शन जारी रहने आन्दोलनका प्रतिनिधि सुरेश यादवले बताए। आज छलफलको लागी पुनः बैठक बस्ने निर्णय भएका छन्। बिहिवार बसेको बैठक निस्कर्श बिहिन भएका थियो। शुक्रबार पुनः छ्लफलमा बस्ने निर्यात तय भएका छन।
Discussion about this post