महेश सिंह सिरहा लहान १५ असार – लहान नगरपालिका वडा नम्बर १७ मा अव्यवस्थित रहेको आधारभुत विधालय दौलतपुरको १०१ छात्र,छात्रा लाई लायन्स क्लव अफ लहान फुलबारीद्वारा स्कुल ब्याग तथा स्टेशनरी बितरण गरिएको छ।उक्त स्कुलमा गरिब दलित सीमान्तकृत समुदायको बालबालिकाहरु अध्ययन रत रहेका छन्।स्थानीय पुष्पा सारदा र हरिकिशन सारदा सहयोगमा लायन्स क्लव अफ लहान फुलबारीले प्रति विद्यार्थी एक ब्याग र शैक्षिक सामाग्री
सहयोग गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो।कल्बका अध्यक्ष राकेश झा को अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी हरीकिशन सारदा,पुष्पा सारदा रहनु भएको थियो।कार्यक्रम संचालन सचिवफ श्याम सुन्दर साहले गरेको थियो भने कार्यक्रममा राजाबाबु साह,शंकर प्रसाद गुप्ता,डा.रितेश गीरी,बिजय यादव,गंगा यादव लगायत ब्यक्तीहरुको सहभागिता रहेको आयोजकले जनाए।
गरिबका रेखामुनि रहेका विद्यार्थीहरुलाई ब्याग सहयोग गर्दा अभिभावक सहित विद्यार्थीहरुले समेत खुशी भएका थिए।
Discussion about this post