Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र ११, शनिबार १४:५४
१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

Loading

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले बतायो ।

‘प्रतिवन्धपछि अर्थतन्त्रलाई राहात पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कति समय थप हुन्छ भन्ने राजपत्रको सूचनाले नै तय गर्छ ।’

उच्च आयातका कारण विदेशी बिनिमय सञ्चितिमा ह्रास आएको भन्दै मन्त्रालयले १३ वैश्ाखमा बिलासी १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजन, खलौना र तास आयातमा असार मसान्तसम्मको पूर्ण प्रतिबन्धले विदेशी सञ्चिती सुधारमा सहयोग पुर्‍याएको भन्दै मन्त्रालयले राजपत्रमा सूचना निकालेर असार ३१ मा भदौं १४ गते (­­४४ दिन) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।

दशैंको मुखैसम्मै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका थिए । दोस्रो पटक थप गरिएको प्रतिबन्ध फुकुवाका लागि व्यवसायीले चर्को लविङ गरिरहे पनि अर्थ, प्रधानमन्त्री कार्यालय र राष्ट्र बैंकसँगको छलफलमा प्रतिबन्ध हालकै अवस्थामा याथावत राख्नु पर्ने विषयमा एक मत भएको मन्त्रालयको ठहर छ । ‘प्रतिबन्धले सकारात्मक नतिजा दिएको तथ्याङहरुले बोलेका छन् । यसलाई निरन्तरता दिनेमा एक मत देखिन्छ,’ स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंककाअनुसार बिलासी वस्तुमा आयात प्रतिबन्ध पछिको दुई महिनामै विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ । प्रतिबन्ध अघि वैशाखमा वैशाखमा ९ अर्ब २८ करोड डलर ढुकुटीमा सञ्चिति रहेकामा असार मसान्तसम्म यस्तो रकम बढेर ९ अर्ब ५४ करोड पुगेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात समेत घटेपछि वाणिज्य मन्त्रालय प्रतिवन्धले यथावत राख्न थप हौसिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले पनि अनौपचारिक रुपमा ४७ हार्मोनाइज कोडका ३ सय बढी वस्तुहरु माथिको नगद मार्जिनलाई यथावत राख्ने बताउँदै आएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

२०७९ भाद्र ११, शनिबार १४:५४
एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

२०७९ भाद्र ११, शनिबार १४:५४
आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

२०७९ भाद्र ११, शनिबार १४:५४
निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

२०७९ भाद्र ११, शनिबार १४:५४
ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

२०७९ भाद्र ११, शनिबार १४:५४
सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

सन नेपालका लहान शखाद्वारा विद्यार्थीसंग बिमा सचेतना

२०७९ भाद्र ११, शनिबार १४:५४
Next Post
नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

आजबाट सुरु हुँदै एसियाकप, भोली भारत र पाकिस्तान भिडने

आजबाट सुरु हुँदै एसियाकप, भोली भारत र पाकिस्तान भिडने

भाजपा नेतृ फोगाटको बलात्कारपछि हत्या भएको दाबी, २ जना आरोपित पक्राउ

भाजपा नेतृ फोगाटको बलात्कारपछि हत्या भएको दाबी, २ जना आरोपित पक्राउ

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र ११, शनिबार १४:५४
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र ११, शनिबार १४:५४
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र ११, शनिबार १४:५४
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र ११, शनिबार १४:५४
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ भाद्र ११, शनिबार १४:५४
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ भाद्र ११, शनिबार १४:५४
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ भाद्र ११, शनिबार १४:५४
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ भाद्र ११, शनिबार १४:५४
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ भाद्र ११, शनिबार १४:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.