पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भएको थियो ।
राष्ट्रिय सभाबाट पनि पारित भएपछि यसपटक प्रमाणीकरण गर्नैपर्ने बाध्यतामा राष्ट्रपति भण्डारी छिन् । विधेयक दुवै सदनबाट पारित हुने भएपछि उनले परामर्श तीव्र पारेकी छिन् ।