सिराहा । जिल्ला उधोग वाणिज्य संघ सिराहा लहान प्रवक्ता तथा संचारकर्मी रबिन्द्र कुमार श्रेष्ठ सिराहा क्षेत्र नं. १(क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको हो ।वहाँको चुनाव चिन्ह लालटिन छाप हो ।
उहाँ बिधार्थी जीवन देखि राजनीतिमा सक्रिय रुपमा लाग्नुभएको थियो । लहान क्याम्पस, लहानमा २०४५ सालमा प्रविणता प्रमाणपत्र तह ( आई. ए .) अध्ययनरत समयमा अनेरा स्ववियू प्रा. क. को संस्थापक कोषाध्यक्ष पदमा रहि मार्क्सवाद लेनिनवाद कम्यूनिष्ट विचारधारा सिद्धान्त अंगाली राजनितिमा होमिनु भएका थिए । हाल अहिले जनता समाजवादी पार्टी नेपालको जिल्ला सदस्यमा आदिवासी जनजाति , मधेसी, पिछडा वर्ग, दलित , मुस्लिम वर्गको हक अधिकार सुनिश्चिताको लागि सदैव आन्दोलन गर्ने एक युवा हुनुहुन्छ ।
वहाँ संचारकर्मीको रुपमा पनि स्थानीय स्तरमा स्थापित हुनुहुन्छ । वहाँ पत्रकार महासंघ सिराहा शाखाका पूर्व उपसभापति , नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समन्वय परिषद सदस्य, नेपाल आदिवासी जनजाति महासंघ, मधेस प्रदेश समन्वय परिषद् सदस्य, न्यू ज्वारभाटा साप्ताहिक पत्रीकाको सम्पादक , हाल रेडियो नेपालको स्थानीय संवाददाताको रुपमा कार्यरत समेत रहनुभएका छन ।
वहाँ सन २००१ देखि २००३ सम्म द रेयूकाई नेपाल, लहान शाखाको अध्यक्ष भई स्थानीय स्तरमा बिभिन्न सामाजिक कार्यमा संलग्न रहि सामाजिक कार्यकर्ताको रुपमा समाज सेवामा होमिएका एक स्वयम् सेवकको रुपमा स्थापित ब्यतित्व हुनुहुन्छ । वहां बिगतमा लहान सिटी जेसिजका बिभिन्न पदमा रहि समाज सेवा कार्यमा समेत लागि पर्नुभएको थियो ।
वहाँको शैक्षिक योग्यता बि. ए. ( स्नातक ) एल . एल. वि. उत्तिर्ण भई ३० औं अधिवत्ता परिक्षामा सम्मित भई सक्नुभएका छन । उत्तिर्ण भएर निकट आउदो दिनमै अधिवत्ता समेत बन्नुहुने बहुप्रतिभाशाली एक ब्यतित्व हुनुहुन्छ
Discussion about this post