– नेपाल सदभाना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतोले मंसिर ४ गते हुन् लागेको निर्वाचनका लागी मधेस प्रदेशको सम्पुर्ण जिल्लाका उमेदवारहरुलाई भेट्घाट गर्न र चुनावी अभियानमा निस्केका अध्यक्ष महतोलाई लहान २३ बथनाहा चौकमा गोप्य रूपमा कार्यकर्ता,नेता र जनताहरुसंग भेट्ने क्रममा अध्यक्ष महतोले चढेको गाडीमा लगाएको चुनावी प्रचार प्रशारको बाईनर गाडी बाट झिकेर पार्टी अध्यक्ष महतो लगायतका नेताहरुलाई लहानका प्रहरी नायब उपरीक्षक लगायतका टोलिले नेता महतोलाई धाख धम्की सहित अभद्र ब्यवहार गरी गाली बेजती गरेको नेता महतोको आरोप रहेका छन्।
नेता महतोका अनुसार आफुले एउटा मात्र गाडीमा बाईनर लगाएको थिए तर सिरहामा निर्वाचन अचार सहिंता लाई धाजिया उडाउदै नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले पर्चा पम्पलेट बाईनर सहित ठुलो ठुलो पार्टी र गठबन्धनका चुनावी सभाहरु खुले आम गरिरहेको प्रहरीले स्वम सुरक्षा दिई राखेको अवस्था रहिएको छ्।
निर्वाचन आयोगले जारी गरिएको अचार सहिंतालाई सिरहा प्रहरीले समेत उलंघन गराई रहेको अध्यक्ष महतोले आरोप लगाएका हुन्।सिरहामा विभिन्न पार्टीहरुले अचार सहिंता बिपरित काम गरिरहेको सिरहा प्रहरीले नियन्त्रण गर्न न सकिरहेको उनको आरोप रहेका छन्।
Discussion about this post