कावासोती । नवलपुर कावासोती- ८ स्थित रहेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको निर्वाचन प्रक्रियामा निर्वाचन समितिले अबैधानिक समिती घोषणा गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार संस्थाको कार्यालयमा ताला लगाएका छन ।
संस्थाको पाँचौं अधिवेशन निर्वाचन मण्डलले प्रक्रियामै नगई एकलैटी रूपमा समिति चयन गरेको भन्दै अधिकांश सदस्यले आक्रोश व्यक्त गरेका छन । आक्रोश पक्षले असोज ४ गते उम्मेदवारी दर्ता गरिसकेपछि प्रक्रिया नै रोकेर २७ दिनपछि आइतबार गुपचुपमा नाम टाँस गरेको आरोप लगाउदै ताला लगाएका हुन । संस्थाका अध्यक्ष पदका प्रत्यासी राधिका डुम्रेको पक्षले ताला लगाएको हो । उम्मेदवारी दर्ता गरेपछि चुनावी प्रक्रियामा जानू पर्नेमा मनोमानी ढंगले कार्य समिती ४ गते चयन भएको भनि टाँस गरिनु सरासर निरंकुशता लाद्न खोजेको उनीहरुले आरोप लगाएका छन ।
अधिवेशनमा चुनावी प्रक्रियामा जान भन्दै उम्मेदवारी दिएका उनीहरुले नगरपालिकाका सहकारी शाखा प्रमुख दिपक पौडेललाई आफुहरुको मतदान प्रक्रियामा जान पाउने अधिकार हनन गरि अख्तियार दुरुपयोग गरेको आरोपसहित कारबाहीको माग गरेका छन । साथै उनीहरुले सहकारीका पुनः चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन र अबैधानिक कार्य समिति खारेजीको माग गर्दै कावासोती नगर प्रमुख बिष्णु प्रसाद भुसाल समक्ष निबेदन पेश गरेका छन । आफुहरुले मतदानमार्फत नेतृत्व चयन गर्न पाउने सुनिश्चितताका लागि ताला लगाईएको अध्यक्षका उम्मेदवार डुम्रेले बताईन । सो अधिवेशनको निर्वाचन संयोजक सहकारी बैंक कावासोतीका ब्यबस्थापक रुक्मांगत श्रेष्ठ, हेफर इन्टर्नेशनलका प्रतिनिधि रुक्मणी महतो र कावासोती नगरपालिकाका सहकारी शाखा प्रमुख दिपक पौडेल रहेका थिए ।
Discussion about this post